प्रकृतिको सौन्दर्य र आस्थाको सङ्गम: मन लोभ्याउने गोसाइँकुण्ड

104 पटक पढिएको

६ भाद्र २०८३, शनिबार १३:२६ सम्पादक: धादिङ न्यूज

रसुवा – नीलो कञ्चन पानी, चारैतिर भव्य हिमाली शृङ्खला र शान्त वातावरण। समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड धार्मिक आस्था र प्राकृतिक सौदर्यको अनुपम सङ्गम हो। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-५ मा रहेको यो पवित्र ताल पदयात्रा र मोक्षको कामना गर्ने तीर्थयात्रीहरूका लागि जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यका रूपमा परिचित छ। आगामी जनैपूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध गोसाइँकुण्ड र पार्वतीकुण्ड मेलालाई सुरक्षित एवं सुव्यवस्थित बनाउन रसुवा जिल्ला प्रशासनले विशेष तयारी थालेको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो तीर्थस्थलमा आगामी भदौ १२ गतेदेखि सुरु हुने मेलालाई मर्यादित र त्रुटिरहित ढंगले सम्पन्न गर्न प्रशासनले पार्किङ व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ। तीर्थयात्रीको चाप बढेसँगै सडकमा हुन सक्ने सम्भावित सवारी जाम नियन्त्रण गर्न धुन्चेस्थित ‘रेडपाण्डा पार्क’ मा विशेष पार्किङको प्रबन्ध मिलाइएको छ। मेला अवधिभर केरुङतर्फ जाने ठूला मालबाहक डिब्बाहरूलाई सोही क्षेत्रमा मात्रै पार्क गराइनेछ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गोसाइँकुण्ड जाने सडकखण्ड साँघुरो रहेको र तत्काल स्थायी पार्किङ स्थल बनाउन भौगोलिक रूपमा कठिन भएकाले हाललाई यो अस्थायी विकल्प रोजिएको हो। यस कदमले तीर्थयात्रीका गाडीहरू सहजरूपमा आउजाउ गर्न पाउने र सडक आवागमन सुचारु रहने विश्वास लिइएको छ।

गोसाइँकुण्डको उत्पत्तिबारे पौराणिक किम्बदन्तीसमेत जोडिएको छ। देवता र दानवबीच भएको समुद्र मन्थनका क्रममा उत्पन्न घातक ‘हलाहल कालकूट विष’ पिउनुभएका भगवान् शिवले विषको डाह शान्त पार्न हिमालय क्षेत्र पुगी त्रिशूलले प्रहार गर्दा ‘त्रिशूलधारा’ (गंगाजल) को उत्पत्ति भएको र सोही जल सङ्कलन भई गोसाइँकुण्ड बनेको विश्वास गरिन्छ। धार्मिक जनविश्वासअनुसार गोसाइँकुण्डमा पुगेर स्नान गरी भगवान् शिवको पूजा-आराधना गर्नाले जीवनभरका पापबाट मुक्ति मिल्ने, पितृहरूले मोक्ष पाउने र मनोकाङ्क्षा पूरा हुन्छ।

विशेष गरी जनैपूर्णिमा र गङ्गादशमीका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ। उच्च हिमाली वातावरण, स्वच्छ हावापानी र जैविक विविधताले भरिपूर्ण लाङटाङ क्षेत्रको यो सुन्दर तालले नेपालको धार्मिक पर्यटनमा विशेष योगदान पुर्‍याउँदै आएको छ। प्रशासनको यो पूर्वतयारीले यस वर्ष गोसाइँकुण्ड पुग्ने हजारौँ भक्तजन तथा स्वदेशी-विदेशी पर्यटकहरूलाई यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।


I was a bit skeptical at first but the experience has been completely flawless. Games load instantly and the bonuses actually feel achievable. It is rare to find a site this trustworthy and I really appreciate the smooth gameplay. 886win

[4867]nook bath লগইন ও অ্যাপ ডাউনলোড | বিকাশ দিয়ে স্লট গেম খেলুন,nook bath লগইন করে লাইভ ডিলার ক্যাসিনো গেম খেলুন। বিকাশ দিয়ে ক্যাসিনো ডিপোজিট করে অনলাইন স্লট গেম কিভাবে খেলবেন তা জানুন। আজই অ্যাপ ডাউনলোড করুন। visit: nook bath

[3830]vip bet Official Login | বিকাশ পেমেন্ট ও সেরা ক্যাসিনো বোনাস,vip bet-এ আজই যোগ দিন। এখানে অ্যাপ ডাউনলোড করে সহজে অনলাইন স্লট গেম খেলুন এবং বিকাশ পেমেন্টের সুবিধা নিন। এখনই আপনার অ্যাকাউন্ট খুলুন। visit: vip bet

Interesting analysis! It’s true that patterns seem to emerge, but randomness is powerful. Responsible gaming is key, and platforms like ll777 game offer tools to help – a big plus for player wellbeing! 🤔