त्रिशूलीको बाढीमा रसुवा क्षेत्रबाट धादिङका सवारी चालक देखि प्रहरी, शिक्षक र तीर्थयात्रीसहित दर्जनाैँ नागरिक सम्पर्कविहीन [नामावलीसहित]
721 पटक पढिएको
धादिङबेसी, ११ भदौ – रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा उर्लिएर आएको विनाशकारी बाढी र पहिरोका कारण रसुवाका विभिन्न स्थानमा पुगेका धादिङका जनप्रतिनिधि, राष्ट्रसेवक, कर्मचारी, सवारी चालक तथा तीर्थयात्रीहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। सडक सञ्जाल र सञ्चार सेवा पूर्ण रूपमा ठप्प भएकाले उनीहरूको अवस्था अज्ञात बनेको छ।
रसुवाको धार्मिक स्थल गोसाइँकुण्ड दर्शनका लागि धादिङबेसीबाट हिँडेका २६ जना सवार गाडी बेत्रावती पुगेपछि सम्पर्कविहीन बनेको छ। उक्त गाडीमा एमाले धादिङका नेताहरू दयाराम लम्साल, छविलाल श्रेष्ठ र नारायण लम्साल हुनुहुन्छ। यस्तै नीलकण्ठ नगरपालिका वडा नं. १२ का सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सम्पर्कविहीन हुनुहुन्छ।
नीलकण्ठ–९ का जानुका लम्साल, राम लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल हुनुहुन्छ। नीलकण्ठ–३ का सीता तिवारी, तुलसी तिमल्सिना र इश्वरी तिमल्सिना तथा सिद्धलेक–१ का हरीप्रसाद सिलवाल, विन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट पनि सोही गाडीमा रहनुभएको थियो।
गोसाइँकुण्ड तीर्थयात्राकै क्रममा नीलकण्ठ–९ का थप दुई दम्पती गुणनिधि सुवेदी (सिताराम) र उहाँकी श्रीमती तथा रामहरि सुवेदी र उहाँकी श्रीमती पनि सम्पर्कविहीन हुनुभएको छ। थाक्रे–७ सातकिला निवासी बिसुराम खतिवडा, उहाँकी श्रीमती, राजु खतिवडा तथा उहाँका बुवा-आमासहित एकै परिवारका ५ जना तीर्थयात्री सम्पर्कविहीन हुनुभएको थाक्रे–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो। यसैबीच काठमाडौंबाट रसुवातर्फ छुटेको बा ८५६५ नम्बरको अर्को तीर्थयात्री बस पनि बेत्रावती-स्याफ्रुबेसी खण्डबाट सम्पर्कविहीन भएको छ।
रसुवा बाढीमा परी धुनीबेसी नगरपालिकाका थप ७ जना नागरिकहरू पनि सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेहरूमा धुनीबेसी–८ का निराजन श्रेष्ठ र राजेन्द्र श्रेष्ठ तथा धुनीबेसी–६ का राज श्रेष्ठ, किरन भुजेल, जीवन श्रेष्ठ, दशरथ डंगोल र नवराज खत्री रहनुभएको छ।
रोजगारी, व्यापार र सरकारी सेवाको सिलसिलामा रसुवाको टिमुरे र स्याफ्रुबेसी पुगेका धादिङका नागरिकहरूसँग पनि सम्पर्क हुन सकेको छैन। नेपाल प्रहरीतर्फ स्याफ्रुबेसी प्रहरी चौकीमा कार्यरत गल्छी–४ का बिनोद अधिकारी, इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक हवल्दार निर्मल लामा तामाङ र टिमुरेमै कार्यरत नीलकण्ठ–३ का रामहरी खड्का सम्पर्कविहीन हुनुहुन्छ।
शिक्षण तथा बैंकिङ सेवातर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका स्थायी शिक्षक सिद्धलेक–५ का सन्तोष श्रेष्ठ, प्रभु बैंक टिमुरे शाखामा कार्यरत बेनिघाट रोराङ–५ विशालटारका किशोर गौली र बैंक कर्मचारी विमल त्रिपाठीको अवस्था अज्ञात रहेको छ।
यातातयात तथा भन्सारतर्फ थाक्रे–११ का डिब्बा चालक राजेन्द्र तामाङ, थाक्रे–७ का डिब्बा चालक राम सुवेदी, सिद्धलेक–५ चालिसेका पर्यटक भ्यान चालक मानबहादुर श्रेष्ठ (सन्दीप), बेनिघाट रोराङ–२ ताल्तीका जितबहादुर चेपाङ (आशिष) र बेनीघाट रोराङ–१० का टेकबहादुर घले पनि सम्पर्कविहीन हुनुहुन्छ। भन्सारको कामको सिलसिलामा टिमुरे पुगेका रुविभ्याली–१ तिप्लिङका शन्तबहादुर घले, मेन्जा तामाङ, आन्त्र तामाङ, राकेश घले र मिङमार (बान्दर) थापा तामाङसँग पनि परिवारको सम्पर्क टुट्न पुगेको छ।








The slot variety is insane! I spent hours trying different games and they all look stunning. Big wins are actually possible at jilicashslot
Hmm, the focus on ‘measurable value’ in the description is key. It feels more structured than some sites I check out. Definitely checking out casinoplus com ph club for a comparison!