बाढीले महेशदोभानको अम्लेश्वर गुरुकुल खण्डहर,बटुकहरूको पढाइ अनिश्चित
172 पटक पढिएको
धादिङ – भदौ १० गते विहान १० वजे तिर आएको बिनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित महेशदोभान बजार र आसपासको क्षेत्र खण्डहरमा परिणत भएको छ। बाढीले ऐतिहासिक अम्लेश्वर महादेव मन्दिर, मन्दिर परिसरका सम्पूर्ण संरचना तथा अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रम पूर्ण रूपमा नष्ट बनाएको छ।
बाढीको तीव्र बहावले महेशदोभानका घरहरू भत्काउनुका साथै करिब एक किलोमिटर भित्र सम्मको बैरेनी बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण स्थानीय वागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पतालमा समेत गम्भीर क्षति पुगेको छ। बजारका कयौँ घरहरू डुबानमा परेका छन् भने धेरै घरहरू बगाएर बस्ती नै अस्तव्यस्त बनेको छ।
विशेष गरी अम्लेश्वर गुरुकुलको भवन पुरिँदाभित्र रहेका फर्निचर, पाठ्यपुस्तक, कम्प्युटर, ल्यापटप, प्रशासनिक कागजात र खाद्यान्नका सामाग्री नष्ट भएका छन्। भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएपछि तत्काल पठनपाठन सञ्चालन गर्ने अवस्था नरहेको र स्रोतको ठूलो अभाव भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फानारायण रिमालका अनुसार २०७४ सालमा स्थापना भएको यस गुरुकुलमा हाल कक्षा ६ देखि ८ सम्म ३२ जना बटुकहरू अध्ययनरत छन्। ५ जना शिक्षक र १ जना भान्छे कार्यरत यस गुरुकुल सञ्चालनका लागि वार्षिक करिब ३२ लाख रुपैयाँ खर्च हुने गरेको छ। गत वर्ष एसईईमा सहभागी १० मध्ये ८ जना उत्तीर्ण भएका थिए भने यो वर्ष ४ जना विद्यार्थी एसईईको तयारीमा जुटिरहेकै बेला यो विपत्ति आइपरेको हो।

आधुनिक शिक्षाले मुख्यतया व्यावसायिक र बौद्धिक विकासमा जोड दिने भए पनि गुरुकुल शिक्षाले व्यक्तिलाई मानसिक, शारीरिक, आध्यात्मिक र बौद्धिक रूपमा सबल बनाउँदै वैदिक ज्ञान, नैतिक मूल्य-मान्यता र व्यावहारिक सीपसहितको सर्वाङ्गीण मानव विकास गराउने गर्दछ। अनुशासन, सदाचार, वैदिक संस्कृतिको संरक्षण र स्वावलम्बन सिकाउने यस्तो पवित्र शैक्षिक थलो नै बाढीले ध्वस्त बनाएपछि ३२ जना बटुकहरूको पठनपाठन र बसोबास नै अनिश्चित बनेको छ।
महेशदोभान क्षेत्रको जनजीवन ठप्प बनेको यस संकटको घडीमा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्स्थापना र गुरुकुलका विद्यार्थीहरूको पढाइ निरन्तरताका लागि सहयोगको याचना गरिएको छ।

(अम्लेश्वर गुरुकुलमा अध्ययनरत बटुकहरु फाईल तस्बिर )








PH62slot time! Ready to spin and win (hopefully!). Wish me that lady luck is on my side! Check it out here: ph62slot