खाजा खर्च काटेर भोटेकोसी बाढीपीडितको सहायतामा जुटे रुबीभ्याली मुक्रापदेवी माविका बालबालिका
132 पटक पढिएको
धादिङ, २५ भदौ । धादिङ जिल्लाको अति विकट रुबीभ्याली गाउँपालिकास्थित बोराङमा रहेको मुक्रापदेवी माध्यमिक विद्यालयका बालबालिकाले खाजा खाने पैसा बचाएर भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालयमा सक्रिय सरस्वती बाल क्लबमा आबद्ध विद्यार्थीहरूले आफूले खाजा खान जम्मा गरेको रकमबाट ५,१०० (एकाउन्न सय) रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
भौगोलिक रूपमा विकट बस्तीमा रहेर पनि बालबालिकाले देखाएको यो मानवीय समवेदना र परोपकारी भावनाले सबैको मन जितेको छ। विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदीका अनुसार बालबालिकाले आफ्नै पहलमा खाजाको पैसा जोगाएर विपद्मा परेकाहरूका लागि यो रकम जुटाएका हुन्। संकलित रकम आधिकारिक बैंक खातामार्फत राहत कोषमा पठाइएको छ। सानो उमेरमै बालबालिकामा देखिएको यो सामाजिक उत्तरदायित्व र सहृदयी भावनाले अहिले सबैतिर प्रशंसा पाएको छ।








Everything is just seamless here. From the registration to the actual gameplay, it is a breeze. Cheers to vs888link
Really loving the vibe here. The games are exciting and I’ve managed to hit a few decent wins already. It is just a great place to hang out and play. Visit bancanohuonline
This site has a great vibe and the rewards are actually fair. I have tried a few others but this one feels more honest. Cheers to the team at bd8999bd for the great service.