धादिङमा स्क्रब टाइफसको सङ्क्रमण १९७ पुग्यो, नीलकण्ठमा सबैभन्दा बढी,गल्छी,थाक्रे र धुनीबेँसीमा बिरामी भेटिएनन्

56 पटक पढिएको

२९ आश्विन २०८३, बिहीबार ०५:१० सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लामा स्क्रब टाइफसको सङ्क्रमण क्रमशः बढ्दै गएको छ। जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८३/८४ को असोज २८ गतेसम्म तयार पारेको साप्ताहिक तथ्याङ्क अनुसार जिल्लाभर हालसम्म १९७ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको हो।

जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमित हुनेहरूमा पुरुषभन्दा महिलाको सङ्ख्या दोब्बरभन्दा बढी रहेको छ। कुल १९७ जना सङ्क्रमितमध्ये ६५ जना पुरुष र १३२ जना महिला रहेका छन्। पछिल्लो एक हप्तामा मात्रै जिल्लाभर २५ जना नयाँ सङ्क्रमित थपिएका छन्, जसमा ७ पुरुष र १८ महिला छन्।

जिल्लाका १४ वटा स्थानीय तहहरूमध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। नीलकण्ठमा ३२ पुरुष र ६७ महिला सङ्क्रमित भएका हुन् भने पछिल्लो एक हप्तामा मात्रै १२ जना नयाँ बिरामी भेटिएका छन्। यस्तै ज्वालामुखी गाउँपालिकामा ४१ जना (१४ पुरुष, २७ महिला), सिद्धलेक गाउँपालिकामा २६ जना (८ पुरुष, १८ महिला), त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना (२ पुरुष, ५ महिला), रुवीभ्याली गाउँपालिकामा ४ जना (१ पुरुष, ३ महिला), बेनिघाट रोराङ गाउँपालिकामा ४ जना (सबै महिला), गजुरी गाउँपालिकामा ४ जना (२ पुरुष, २ महिला), नेत्रावती डबजोङ गाउँपालिकामा ३ जना (२ पुरुष, १ महिला), गङ्गाजमुना गाउँपालिकामा ३ जना (१ पुरुष, २ महिला) र खनियाबास गाउँपालिकामा २ जना (दुवै पुरुष) सङ्क्रमित फेला परेका छन्। धादिङ आएर परीक्षण गराएका बाहिरी जिल्लाका ४ जना (१ पुरुष, ३ महिला) मा पनि सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गए तापनि जिल्लामा हालसम्म स्क्रब टाइफसका कारण कसैको पनि मृत्यु नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। झाडी, खेतबारी वा घरवरिपरि पाइने सूक्ष्म किर्ना (Mite) को टोकाइबाट यो रोग सर्ने भएकाले खेतबारीमा काम गर्दा वा झाडीमा जाँदा शरीर पुरै ढाकिने कपडा लगाउन, घरवरिपरि सरसफाइमा ध्यान दिन र ज्वरो आएमा वा शङ्का लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।


Hmm, এই প্ল্যাটফর্মগুলোর নিরাপত্তা দিকটা খুবই জরুরি মনে হচ্ছে। যেমন, talabat বৈধ কিনা, তা জানা দরকার। ব্যবহারকারীদের সতর্ক থাকা উচিত। শিক্ষকের মতো বলছি, যাচাই না করে কিছু করবেন না!