ज्यामरुङका यूवाद्धारा फेसबुक मार्फत गाउँ गाउँमा कम्प्युटर शिक्षा

834 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ – धादिङ जिल्ला घर भई हाल विदेश तथा स्वदेशका विभिन्न   क्षेत्रमा कार्यरत यूवाहरुले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी गाउँ गाउँमा कम्प्युटर शिक्षा अभियान सुरु गरेका छन् ।
1794528_744631968882159_1932923253_nविकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञान र प्रविधिसंग जोड्न सहयोग पु ¥याउने उद्देश्यले विद्यालयका पूर्व विद्यार्थी, सरकारी कर्मचारीहरुले सामाजीक सञ्जाल फेसबुक मार्फत यस्तो अभियान सुरु गरेका हुन् । धादिङको ज्यामरुङ स्थित स्थानापति माध्यामिक विद्यालयका विद्यार्थीहरुला ई लक्षित गरी गत एक महिनादेखि सुरु भएको अभियानबाट हालसम्म एक लाख 86 हजार रुपैया संकलन भइसकेको अभियानका संयोजक धादिङ ज्यामरुङका सुवास पाठकले बताउनुभयो । गाउँ गाउँमा कम्प्युटर शिक्षाका लागि चलाइएको फेसबुक अभियानमा देश विदेशमा रहेका १० जना भन्दा बढि यूवाहरु सक्रिय छन् । धादिङको ज्यामरुङ गाविस वडा नं. ६ भदौरे घर भई हाल शसस्त्र प्रहरी बलमा कार्यरत सुवास पाठकले यो अभियानको संयोजन गरिरहनुभएको छ । स्थानापति माविमा ४० ओटा कम्प्युटर जोडेर पढाइ सुरु गर्ने लक्ष्य अनुरुप अभियान अघि बढिरहेको अभियानका संयोजक पाठकले बताउनुभयो । यूवाहरुले अहिले कोष खडा गरेर रकम जम्मा गरिरहेका छन् । अभियान मार्फत जम्मा भएको रकमबाट देशका विकट र ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा कम्प्युटर शिक्षाको लागि सहयोग गरिने फेसबुक मार्फत जानकारी दिनुभएको छ ।