धादिङको रि गाउँमा भुइँ स्याउको खेती सुरु

885 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

downloadधादिङ- परम्परादेखि नै मकै र आलु खेती गरेर खाद्यान्न संकट टार्न बाध्य उत्तरी धादिङको रि गाउँ विकास समितिका बासिन्दाहरु पछिल्लो समय नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीबाट भन्दा नगदे बालीबाट फाइदा हुने भएपछि रि गाविस वडा नम्बर ५ रिचेत आसपासका तामाङ समुदायले जैतुन, कफी र भुइँ स्याउको व्यवसायिक खेती सुरु गरेका हुन् ।

/>उच्च हिमाली क्षेत्रमा यस किसिमको स्याउले राम्रो उत्पादन दिने थाहा पाएपछि यहाँका स्थानीयहरुले नर्सरी नै बनाएर भुइँ स्याउको खेती सुरु गरेका छन् । रि गाविसको साथै धादिङको सेम्जोङ, गुम्दी र ब्रुसबाङका चेपाङ समुदायले पनि अहिले भुई स्याउको खेती सुरु गरेका छन् ।

माटोमुनि फल्ने यो स्याउको बोट सूर्यमुखी फूलको जस्तै हुन्छ र रोपेको एकै वर्षमा फल दिने कृषि प्राविधिकहरु बताउँछन् ।यस अघि जिल्लाकै दक्षिणी भेगमा पर्ने चेपाङबस्ती ब्रुसबाङमा पनि भुई स्याउको वेर्ना लगाएर व्यवसायिक  खेती शुरु गर्न लागिएको थियो ।