बाटो मै शैक्षिक सामाग्री

852 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

??????????– चाँदनी थापा मगर

सरिता मिस आजकाल ढुङ्गा माटोमा पनि शैक्षिक सामाग्री देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ ः म आफैलाई आश्चर्य लाग्न थालेको छ । बाटोमा हिड्दा फालिएको जे बस्तु देख्दा पनि शैक्षिक सामाग्री हून्छ भनेर टिप्ने गर्छु । थाहा छैन जानेर हो वा नजानेर? बुझेर हो वा नवुझेर । अहिले शिक्षण पेशा तिर लागेको लगभग १३ वर्ष वितिसकेछ । ७ वर्ष जति निजी स्रोतमा पढाए । मैले पहिले कक्षा १ देखि कक्षा ८ सम्मै पढाउने गर्थें । मैले शिक्षण पेशासँग सम्वन्धि धेरै तालिमहरु लिएकी छु । १० महिने मागमा आधारित सेवाकालिन तालिम, २ पटक १० दिने TPD का साथै पटक पटक ५ दिनको TPD तालिम लिएकी छु । तर जति तालिम प्राप्त गरेपनि पढाउने शैलिमा त्यति फरक आएको थिएन । शैक्षिक सामाग्री निमार्ण तथा प्रयोग गर्नुपर्छ भन्ने थाहा पाए पनि गरिएन । जहिले पनि कक्षामा जाने समयमा मेरो हातमा शैक्षिक सामाग्री भनेको चक, डस्टर मात्र हुन्थ्यो । कहिले काही पाठ्पुस्तक मेरो हातमा हन्थ्यो उस्तैे परे कक्षामा गई विद्यार्थीसँग मागिन्थ्यो । प्राय गरि पढाउने भनेको अगाडी आफु वसेर किताव हेरेर खर्रर पढ्ने र विद्यार्थीहरु ध्यान दिएर सुन्ने काम मात्र हुन्थ्यो । यसरी नै वर्षभरिको सिकाई उपलव्धी हासिल गर्नको लागी यी तरिका अपनाउने गथ्र्येें । यि तरिका अपनाउनुको कारण मैले पहिले पढेकोे र मेरा शिक्षकहरुले अपनाउनु भएको शिक्षण विधि म मा पनि प्रयोग भयो र मैले पढाउने विद्यालयमा अन्य शिक्षकहरुले त्यस्तै नै विधि अपनाईरहनु भएको थियो । त्यति खेरको समयमा म आफ्नो ठाउँ सहि थिएँ । यी भनाईहरु ईन्द्रायणी नि.मा.वि, पिडा १ बालमैत्री कक्षा शिक्षण गर्ने शिक्षक सरिता अर्यालको हो ।
यहि परम्परागत शिक्षक केन्द्रित भई पठनपाठन भइ रहेको समयमा हाम्रो विद्यालय गैर सरकारी संस्थाले बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमद्धारा बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत नौ दिने बालमैत्री कक्षा शिक्षण पुरा प्याकेज तालिम आयोजना गरी हाम्रो विद्यायलाई बोलाए अनुसार विद्यालयले मलाई सहभागी गराउने निर्णय अनुसार सहभागी हुने अवसर पाएँ । जुन तालीम मेरो जीवनको लागि ज्यादै महत्वपूर्ण परिवर्तन हिस्सेदार भएको छ । तालिममा लगभग ६०⁄६१ वटा क्रियाकलापका साथै शैक्षिक सामाग्री निमार्ण तथा प्रयोग र लगभग १५ वटा जति बालगीत आदिको बारेमा सिक्ने मोका मिल्यो । उक्त तालिमले गर्दा विद्यालयमा बालमैत्री कक्षा शिक्षण सुरुवात भयो र मैले कक्षा १ मा शिक्षण गर्ने जिम्मा पाएँ । सुरुमा त कक्षा १ मा पढाउनुपर्दा आफैलाई सानो कक्षालाई पो पढाउने भनि हिनतावोध हुन्थ्यो । अरुले नराम्रो पो सोच्छ कि भन्ने लाग्थ्यो । जब बालमैत्री कक्षा शिक्षणलाई व्यवस्थित र व्यवहारिक बनाउन पहिले शिक्षक नै तालिम प्राप्त हुनुपर्छ भन्ने थियोे । कक्षा १ मा जम्मा १३ जना विद्यार्थीहरु छन् । मैले तालिम पछि विस्तारै पढाउने सैलीमा परिवर्तन ल्याउन थाले । पाठको आधारमा मासिक योजना निमार्ण गरी पढाउन सुरुवात गरें । आवश्यक विभिन्न थरिका शैक्षिक सामाग्री प्रयास नेपाल धादिङबाट सहयोग भयो । यतिले मात्र प्रयाप्त थिएन हरेक क्रियाकलाप अनुसारको शैक्षिक सामग्री आवश्यक पर्ने हुनाले स्थानिय शैक्षिक सामाग्रीको खोजि गर्न थालें । बाटोमा हिड्दा गोलो गोलो ढुङ्गा टिपेर हिडे सुरुमा त लाज पनि लाग्यो बाटोको ढुङ्गा टिप्ने भनेर तर जुन ढुङ्गालाई आकर्षित तरिकाले रङ्गाउँदा बालबालिकाहरु खुसी भएको देखे झन् अरु सामाग्री पनि सङकलन गर्ने ईच्छा वढ्यो र सिन्का, केहि फरक खालका काठका टुक्रा देखे भने टिप्न थालें । त्यस्तै चाउचाउका कार्टुन, सफा प्लाष्टिक, कोकफ्यान्टाका विर्काे पनि शैक्षिक सामाग्री बनाउन छोडिन । भने कहिले फर्निचर बाट ल्याएको काठका साना साना टुक्रा पनि छोडिन, भने पुराना डोरी सामाग्री झुन्डाउन सजिला भएको छ । त्यस्तै अमिलो माडाको चम्चा, पुराना बोतल, पुराना फुटेका चुरा, कोक फ्यान्टाका विर्काे, पुराना किताव पत्रपत्रिका, पुराना तास, पुराना चुरोटका बट्ट, पुराना भित्तेपात्रो, पुराना कपडाका टुक्रा आदि धेरै स्थानिय सामाग्री संकलन गरें आफुलाई पनि घरमा, बाटो तिर देखेको जे वस्तु पनि शैक्षिक सामाग्री हुन्छ भनि टिप्ने गर्छु । अहिले खाली समय भन्ने नै हुदैन । खाजा खाने समयमा पनि अफिसमा गईन्न कक्षामै बसेर शैक्षिक सामाग्री निमार्ण गर्न मै समय जान्छ खाली वस्न मन लाग्दैन । अहिले पढाउन धेरै सजिलो भएको छ । पाठ अनुसार शैक्षिक सामाग्री सहितको क्रियाकलाप गराउछु । अहिले पढाउदा सबै विद्यार्थीलाई सहभागी गराई क्रियाकलाप गराउने गर्छु । यसले गर्दा पढाईमा पनि गुणस्तरिता आएको छ । बालबालिकाहरु म प्रति झुमिएर पढ्न खोजेको देख्दा पनि बल्ल बालमैत्री सुरुवात भयो भन्ने लाग्छ । कक्षा २ मा पुगका विद्यार्थीहरु पनि खेल्नको लागि कक्षा १ मा आउने गर्छन् । यसले गर्दा मलाई कक्षा शिक्षण गर्न रमाईलो लाग्छ । पहिले हिनतावोध लाग्ने म अहिले म आफै रमाई रहेको छु । अहिले बालबालिकाहरुले सुनाई, वोलाई, लेखाई र पढाईको सिप विकास सुञ्चित भएको छ । साथै विद्यार्थीको टिकाउ दर वढेको छ ।
DSCN5974गत शैक्षिक सत्रको अीन्तम परिक्षामा बालबालिकाहरुको व्यक्तिगत नतिजा बिश्लेषण प्रत्येक बिद्यार्थीले गत बर्षको तुलनामा १० देखि १५ प्रतिशत सम्म बढी सिकाई उपलब्धी बढेको पाउँदा ज्यादै खुसी लागेको समय समयमा प्र.अको अनुगमन तथा हौसला अनि प्रयास नेपाल मार्फत कक्षा १ को सम्पर्ण व्यवस्थापनको लागि पनि सहयोग गरेको छ, भने १–३ को लागि आवश्यक शैक्षिक सामाग्री, विभिन्न तालिम, भम्रण, विभिन्न बैठक आदि सहयोगले भएको छ । अहिले कक्षा स्तरीय आमा समुहले पनि सहयोग गर्न थालेको छ । यसले गर्दा पनि आगामी दिनमा बालमैत्री विद्यालय, बालमैत्री कक्षा बनाउन, विद्यार्थी केन्द्रित पठनपाठन गर्नको लागि म अगाडी बढ्ने छु ।

चाँदनी थापा मगर