चेपाङ समुदायमा दाइजो दिने चिउरी नै फल्न छाड्यो

1016 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chiuriगोरखा– पहिलो चेपाङ समुदायले छोरीको विहे गर्दा दाईजोका रुपमा चिउरीको रुख दिन्थे । केहि बर्षदेखि गाउँमा चिउरी फल्न छाडेपछि दाइजो दिने चलन पनि हराउँदै गएको छ । दाईजो दिने चलन हराउन थालेपछि स्थानीय चेपाङ समुदाय चिन्तित बनेका छन् । चिउरी फल्न छोड्यो भुम्लिचोक गाउँ विकास समिति वडा नम्बर ८ हिक्लुङका ८५ बर्षिय मनबहादुर चेपाङ भन्नुहुन्छ, पहिले बाँदरले खाईनसक्नु हुन्थो । तर पाँच बर्षजति भयो फल्छ तर दाना लाग्दैन उहाँले गुनासो गर्नुभयो । फागुन चैतमा सबै रुखको पात झर्छ तर चिउरीको झर्दैन मनबहादुर भन्नुहुन्छ, छोरीचेलीलाई खडेरीमा पनि घाँसको दुःख हुँदैन । अरु घाँसभन्दा चिउरीको घाँस दुधालु हुने भएकाले यो खुवाउन दुहुन गाईभैँसीले पनि धेरै दुध दिन्छ । चिउरीको फल खाएर छाक टर्ने र वियाँको तेल पनि धेरै उपयोगी हुने मनबहादुर भनाई छ । चिउरी फल्न छाडेपछि स्थानीय बासिन्दा बैकल्पिक पेसाका रुपमा तरकारी खेतीमा लागेका छन् ।