चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

302 पटक पढिएको

२५ बैशाख २०८१, मंगलवार ११:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २५ वैशाख – अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।