जेल तोडेर ‘बलात्कारी’ को कुटीकुटी ज्यान लिइयो

301 पटक पढिएको

प्रकाशित मिति: २२ फाल्गुन २०७१, शुक्रबार २१:१९

सम्पादक: धादिङ न्यूज

 बलात्कारको अभियोगमा सजाय भोगिरहेका एक कैदीलार्इ जेलबाटै निकालेर गाउँलेले कुटीकुटी हत्या गरेका छन् । भारतको नागाल्यान्ड राज्यको दिमापुर जिल्लास्थित जेलबाट एक कैदीलार्इ सडकमा निकालेर स्थानीयबासीको हिंस्रक भीडले कुटीकुटी हत्या गरेको हो ।जेल तोडेपछि बलात्कारको अभियोग लागेका ती व्यक्तिलार्इ भी‌डले अपहरण गरेर ब्यस्त सडकमै कुटपिट गरी झुण्ड्यार हत्या गरेका हुन् । बिहीबार अपरान्ह दिमापुर जेलमा सजाय काटीरहेका फरिद खानलार्इ भीडले कुटेर हत्या गरेको खबर डेली मेलमा प्रकाशित छ ।
Farid Khan_Nagaland
सयौंको संख्यामा जम्मा भएको भीडले कानुन हातमा लिँदै दिमापुर सहरको केन्द्रीय कारागारमा घुसेर एक छात्राको बलात्कार अभियोगमा अघिल्लो महिना पक्राउ परेका उनलार्इ सडकमा निकालेको थियो ।स्कुल र कलेजका विद्यार्थीसहितको करिब ४ हजारको भीडले उनलार्इ जेलबाट निकालेर सडकमा चार मार्इलसम्म घिसारेपछि झुन्डाएका थिए । उनलार्इ सडकमै नाङ्गै भएर सो भीडले बर्बर शैलीमा कुटपिट गरेपछि ज्यान गएको हो । उनलार्इ बलात्कार अभियोगमा जेल पठाइएपनि अदालतले दोषी ठहर गरिसकेको थिएन ।उनीमाथि भीडले पत्थर र लाठी बर्साएको थियो । भीडले निरन्तर कुटेपछि उनको घटनास्थलमै ज्यान गएको हो । यो हमलालार्इ बलात्कारका घटनामाविरुद्द भारतभर मानिसमा बढेको आक्रोशका रुपमा लिइएको छ ।

सेकेन्ड ह्यान्ड कारको डिलर चलाउँदै आएका बंगलादेशी आप्रवासी ३५ वर्षीय फरिद खानमाथि गत फेब्रुअरी २३ र २४ तारिखमा एक २० वर्षीय नागा छात्रामाथि बलात्कार गरेको अभियोग लागेको थियो । २५ फेब्रुअरीमा गिरफ्तार भएका उनलार्इ त्यहाँस्थित तल्लो अदालतले न्यायिक हिरासतमा राख्न जेल पठाएको थियो ।
यसअघि पनि पटक पटक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । छात्रामाथि बलात्कार भएपछि त्यहाँका स्थानीय र विद्यार्थीले दोषीमाथि कारबाही माग गर्दै आन्दोलन थालेका थिए ।
सन् २०१२ मा दिल्लीमा सामूहिक बलात्कारमा परी ज्यान गुमाएकी एक युवतीमाथि बनाइएको वृत्त चित्रमाथि भारतले प्रतिवन्ध लगाउने निर्णयबारेमा केही दिनयता उग्ररुपमा विवाद भइरहेको छ। त्यही उग्र विवादकाबीच बलात्कारको अभियोग लागेका एक व्यक्तिमाथि मानिसको आक्रोश पोखिएको हो ।
farid khan_Rapst

– एजेन्सी /फोटो :डेलीमेल



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ फाल्गुन २०७१, शुक्रबार २१:१९ मा प्रकाशित

समाचार

सबै

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

Categories