अमेरीकाका बिभिन्न राज्यमा छापा मारियो , नेपालीहरुलाई डर छैन

1086 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10year89_lg

मिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का अधिकारीहरुले “अपरेशन क्रस चेक” नाम दिंदै   अमेरीकाका बिभिन्न राज्यहरुमा छापा मारेका छन् ।

अमेरीकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन भन्दै आईसीई अधिकारीहरुले बिहिबार र शुक्रवार अमेरीकाका ६ वटा राज्यका बिभिन्न शहरहरुमा छापा मारेर दर्जनौं व्यक्तिहरु पक्राउ गरेको अमेरीकाका संचारमाध्यहरुले जनाएका छन् ।

बिभिन्न अपराधिक  क्रियाकलापमा संलग्न आप्रवासीहरुलाई अमेरीकाबाट देश निकाला गर्ने राष्ट्रपतिको आदेश अनुसार अधिकारीहरुले छापा मारेका हुन् । बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले क्यालिफोर्नियाको भिस्टा, पोमोना र कम्पटन, टेक्सासको अष्टिन, ड्यालस, फुल्गरभिल, भर्जिनियाको अलेक्जान्द्रिया, अन्नानडेल, नर्थ क्यारोलिनाको चार्लोट, बर्लिंगटन, फ्लोरिडाको प्लान्ट सिटी, न्युयोर्कको हड्सन भ्याली, कन्सासको विचिटा, नर्थ क्यारोलिनाको अष्टिन लगायतका क्षेत्रमा छापामारेका छन् ।

यसैबीच छापा मारिएपनि कोही पनि नेपाली हताहत नभएको बताइएको छ । केही अपबाद बाहेक अमेरीकाका नेपालीहरु अपराधिक कार्यमा संलग्न छैनन्, एक कानुन व्यवसायीले भने-“छापा मारेपनि नेपालीहरुलाई खासै असर पर्दैन” । नेपालीहरु अमेरीकी कानुन अनुसार कुनै न नै कुनै स्टाटसमा भएकोले छापा मारेपनि सोधपुछ मात्रै गर्ने उनको भनाई छ ।

यद्यपी आफ्नो स्टाटस अनुसारको आइडी बोकेर हिड्न कानुन व्यवसायीहरुको सुझाव रहेको छ । नेपालीहरुलाई समेत त्रास सृजना गर्ने गरी समाचारहरु बाहिर आएपनि डराउनुपर्ने अवस्था नभएको कानुनबिदहरु बताउँछन् ।(स्रोत:हिमालपाटी )