वैशाख १५ को उपनिर्वानका लागि मौन अवधि लागू

19 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुुरु भएको छ ।

निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

वैशख १५ गते आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाका लागि उपनिर्वाचन हुँदैछ ।

उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट पनि मत माग्न निषेध गरिएको छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमान सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य पनि गर्न पाइँदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *