आईपीएलमा दिल्ली क्यापिटल्ससँग गुजरातको हार

17 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् । आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *