धादिङ निर्वाचन कार्यालयमा बम भेटियो

759 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्ला निर्वाचन कार्यालय धादिङमा अज्ञात समुहले बम राखेपछि सदरमुकाम धादिङवेशी आतंकित बनेको छ ।

निर्वाचनलाई प्रभाव पार्नको लागि अज्ञात समुहले कार्यलयमा बम राखेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय जनाएको छ । राती ४ बजेतिर कुकुर बेस्सरी भुकेको बेला बम राखेको हुन सक्ने घरवेटी ज्ञानु ढकालनले बताईन । निर्वाचनको अन्तिम तयारी भइरहँदा जिल्ला प्रहरी कार्यालय धादिङले समेत निर्वाचन कार्यलय परिसरमा सुरक्षाकर्मी खटाएको बेलामा कार्यलय परिषर भित्रै बम भेटिएपछि सुरक्षा व्यवस्थापन फितलो भएको स्थानीले आक्रोश पोखेका छन् ।

बम भेटिएलगत्तै देवीदत्त गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बमलाइ डिस्पोज गरेको थियो । बम डिस्पोज पश्चात पत्रकारहरुलाई जानकारी दिँदै देवीदत्त गणका गणपति भरत बुढाथोकीले भने, ‘ठुलै क्षति गराउने उद्येश्यले कार्यलयमा बम राखिएको रहेछ, फलामको पाइप भित्र गन पाउडर, डेटोनेटर, ब्याट्री लगायतका सामाग्रीहरु राखेर बनाइएको बम निकै नै शक्तिशाली रहेपनि र भाग्यबस दुर्घटना हुनबाट जोगियो ।’