तरकारी क्रान्तिले बदलिएको कृषकहरूको जीवनस्तर

678 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-जनकराज सापकोटा

तरकारी खेतीमा सामेल धादिङ, नुवाकोट र काभ्रेका कृषकहरूको जीवनस्तरले अभाव र गरिबीका पुराना कथाहरू बिर्साउँदैछ । दस वर्षअघिसम्म चर्को अभाव झेलिरहेका ती जिल्लामा उत्ताल परिवर्तनको कथाले आर्थिक र सामाजिक प्रगतिको प्रतिविम्ब दर्शाउँछ । दस वर्षअघिका झुपडी घर, अशिक्षित परिवार र बिहान-बेलुका मुख जोर्ने समस्यामा रहेका किसानहरूको वर्तमान तुलनात्मक रूपमा सुखी, सम्पन्न र समृद्ध छ । त्यति नभए पनि, अब उनीहरूमा खँदिलो आशावाद सञ्चारित भएको चाहिँ प्रस्टै अनुभूत गर्न सकिन्छ ।

दस वर्षअघि

विसं २०५६ । नेपालको राजधानी काठमाडौँमा खपत हुने तरकारीको ८० प्रतिशत भाग भारतबाट आउँथ्यो । पृथ्वी राजमार्गसँगैका बस्तीहरू उजाड देखिन्थे । मानिसहरू अर्धबेरोजगारीको अवस्थामा थिए । राजधानीसँग जोडिएका भए पनि धादिङ, नुवाकोट र काभ्रे सुदूर पहाडका दुर्गम जिल्लाभन्दा फरक थिएनन् । त्यतिबेला ती जिल्लालाई बत्तीमुनिको अँध्यारो उपमाले सम्बोधन गरन्िथ्यो ।

अहिले

विसं ०६६ । राजधानी काठमाडौँमा खपत हुने तरकारीको ८० प्रतिशत परमिाण स्वदेशबाटै पूर्ति हुन्छ । जसको झन्डै आधा हिस्सा निकटका धादिङ, नुवाकोट र काभ्रेका उत्पादनले ओगटेको छ । पृथ्वी राजमार्गसँगैका बस्तीहरू हराभरा देखिन्छन्, समृद्धि फैलिँदै गएजस्तो आभास हुन्छ । मानिसहरू स्वउद्यममा व्यस्त छन् । अहिले ती जिल्ला राजधानीका पालनकर्ता मानिन्छन् ।

धादिङको धुषाटारका एकराज कँडेल १०/१५ हजारका निम्ति अरूको घरमा हात पसार्न जानुपर्ने दुर्दशाबाट मुक्त भइसकेका छन् । पाँच वर्षअघिसम्म दुई-चार रुपियाँका लागि समेत अरूको भर पर्नुपर्ने कँडेलको सामाजिक हैसियत बदलिएको छ । तरकारी खेतीमा नलागेका भए उनका दुई छोराहरू अहिले काठमाडौँमा स्नातकोत्तर गररिहेका हुँदैन थिए, बरु जागिरको खोजीमा कतै भौँतारइिरहेका हुन्थे होलान् । तर, तरकारी खेतीबाटै आर्थिक अवस्थामा सुधार आएपछि उनका छोराहरूले दुःखको सामना गर्नु परेन । तीन रोपनीको तरकारी खेतीबाट कँडेलले हरेक वर्ष कम्तीमा चार लाख रुपियाँ आम्दानी गर्छन् । तरकारी खेतीमा लाग्नुपूर्व उनका निम्ति अहिलेको जीवनशैली सपनाजस्तै थियो ।

त्रिशूली नदीको किनारैकिनार भएर चितवन पुग्ने पृथ्वी राजमार्ग वरपरका अधिकांश बस्तीहरूको समुन्नतिको कथा तरकारी खेतीमा गएर जोडिएको छ । कँडेल त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांशले तरकारी खेतीमै लागेर आर्थिक र सामाजिक हैसियत सुधारेका छन् । के बाहुन, के क्षेत्री, के चेपाङ, के मगर र दलित सबै आर्थिक प्रगतिको बाटोमा हिँडिरहेका छन् । ०५८ सालपछि यो क्रमले तीव्रता पाएको हो । अरूको घरमा ज्याला-मजदुरी मात्रै गरेर जीवीकोपार्जन गर्दै आएका अधिकांश किसानहरू यतिखेर आर्थिक समृद्धिको रसपान गररिहेका छन् ।

धुषाटार र यसका छिमेकी गाविसका धेरै किसानहरूसँग दुःखको वर्तमान छैन । ०५५ यता सुरु भएको तरकारी खेतीले धादिङकै कुम्पुर गाउँमा पनि नसोचेको आर्थिक समृद्धि ल्याएको छ । यही परविर्तनका साक्षी हुन्, स्थानीय बद्री सिलवाल । सिलवाल भन्छन्, “ऋण लिएर नुन, तेल गर्ने अवस्थाबाट सबै माथि उठेका छन् ।” कुम्पुरका अधिकांश किसानले तरकारी बेचेकै पैसाले खरको छाना फेरेर ढुंगाको र ढुंगाको छानो फेरेर ढलान गरेका छन् । हालै मात्र गाउँमै सहकारी स्थापना भएपछि अधिकांश किसान बचत गर्नेतर्फ लागेका छन् ।

यस्तै आर्थिक परविर्तन मलेखु, गजुरी र धार्केका किसानहरूमा पनि देखिएको छ । श्री कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था, चरौदीका अध्यक्ष हेमनाथ थपालिया भन्छन्, “सिंगो धादिङलाई तरकारी खेतीले नै आर्थिक रूपमा समृद्ध बनाएको छ ।” सलाङघाट फलफूल तथा तरकारी उत्पादक सहकारी संस्थाका कर्मचारी विष्णुप्रसाद रूपाखेतीका अनुसार, सबैभन्दा धेरै परविर्तन यहाँका चेपाङहरूको जीवनमा देखापरेको छ । भन्छन्, “पहिले नुन, तेल गर्न पनि खसी बेच्नेहरूका लागि अहिले दुई/चार हजार रुपियाँको कुरा सामान्य भएको छ ।”

गजुरीका किसानहरूले पनि तरकारी खेतीबाट मनग्गे फाइदा बटुलेका छन् । त्यहाँका २० प्रतिशतभन्दा बढी किसानहरू तरकारी खेतीमा संग्लन छन् । अधिकांश किसानलाई तरकारी खेतीले आर्थिक समृद्धिको बाटो पक्रन सक्षम तुल्याएको छ । यसैका उदाहरण हुन्, छ रोपनीमा तरकारी खेती गरेका रामकुमार खरेल । चार वर्षयता उनी तरकारी खेतीम्ाा संग्लन छन् । सिजनका बेला ४०/५० हजार रुपियाँ मासिक आम्दानी गर्नु उनका निम्ति नौलो होइन । भन्छन्, “तरकारी खेतीबाटै आर्थिक रूपमा सक्षम बनेको छु ।” गजुरी गाविसको वडा नं ३, १ र ६ का किसानहरू तरकारी खेतीमा संग्लन रहेका छन् । यसका अलावा छिमेकी पिण्डा गाविसका आधाभन्दा धेरै किसान तरकारी खेतीमा संग्लन छन् । स्थानीय बासिन्दाका अनुसार, तरकारी खेतीले धेरैको जीवन सहज बनेको छ ।

पृथ्वी राजमार्गबाट दुई-तीन घन्टाको दूरीमा रहेका कात्राक, इराङ, छेवाङ, राल्डाँडाबाट तरकारी बोेकेर आउने चेपाङ र अन्य जनजातिको अवस्थामा पनि देख्न सकिने परविर्तन आएको छ । खासगरी यस्तो प्रत्यक्ष परविर्तन लवाइखवाइमा देखिने गरेको छ । धार्केस्िथत रेडियो कृषिले एक वर्षअघि २ हजार ५ सय घरधुरीमा गरेको सर्वेक्षणमा धादिङका

 ९० प्रतिशत किसान तरकारी खेतीबाटै आर्थिक समृद्धिको दिशामा अग्रसर भएको देखिएको थियो ।

 

(नेपाल राष्ट्रिय साप्ताहिक बाट )