लिटिल मिस वर्ल्डमा नेपाली किशोरी पाँचौं स्थानमा

729 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, असोज २१ – लिटिल मिस वर्ल्ड नेपाल (२०१३) को उपाधि जितेर अन्र्तराष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न पुगेकी विपना अधिकारी उत्कृष्ट पाँचमा परेर टिन प्रिन्सेसको उपाधि जित्न सफल भएकी छन ।993406_650437048324057_1248809060_n

धादिङ मुरलीभञ्ज्याङकी १४ वर्षकी विपना अधिकारीले असोज १३ देखि १९ गते सम्म टर्कीको अन्टालियामा भएको १३ औं संस्करणको लिटिल मिस वर्ल्डमा नेपालका तर्फबाट भाग लिएकी थिइन ।

यस पटकको मिस वर्ल्डको ताज भने ततारस्थानकी एजिलावेटले पहिरिएकी छन । प्रतियोगितामा बुल्गेरियाकी रलिस्टा दोश्रो, युक्रेनकी अनास्टासिला तेश्रो र रसियाकी डारियाले चौथो स्थान प्राप्त गरेको विपनासंगै ग्रिस पुगेका उनका बुवा केशव अधिकारी वताउनुभयो ।

यस अघि विपश्वी पौडेल तथा सुप्रिया मास्केले टर्कीमा सम्पन्न ११ औं  संस्करणको  लिटिल मिस वर्ल्ड (२०११ तथा १२ औं सस्करणको टिन मिस वर्ल्ड (२०१२ मा शीर्ष उपाधि जित्न सफल भएका थिए ।

नेपालले  यस पटक समेत गरी लिटिल मिस वर्ल्ड तेश्रो पटक सहभागिता जनाएको हो ।

बालप्रतिभा प्रदर्शन एवं संस्कृति संवद्र्धन गर्ने उद्धेश्यले नेप्लिज काउन्सिलको आयोजनामा हरेक बर्ष लिटिल मिस वर्ल्डको आयोजना हुंदै आईरहेको छ ।

 विश्वभरीका लिटिल मिसहरुका बिच हरेक बर्ष ग्रिसमा मिस वर्ल्ड प्रतियोगिता हुने गर्दछ ।  नेपालमा भएको  राष्ट्रिय प्रतियोगितामा ६० जनालाई पछि पार्दै विपना प्रथम भएर अन्र्तराष्ट्रिय मञ्चमा पुग्न सफल भएकी हुन ।

धादिङको ज्यामरुङ गाविसको वडा नम्बर २ मा पुर्ख्यौली वसोवास रहेको भएपनि केही बर्ष देखि मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर २ मा बस्दै आईरहेका केशव अधिकारी र ललिता अधिकारीका दुई सन्तान मध्येकी कान्छी हुन ललिता ।

उनको १६ वर्षका एक दाजु पनि छन । काठमाडौंको डल्लुमा रहेको स्वर्णिम उच्च माविमा  कक्षामा अध्ययनरत विपनाले पढाईका साथै अतिरिक्त क्रियाकलापमा नृत्यमा बिशेष चासो राख्ने गरेको उनका बुबा केशव अधिकारीले वताउनुभयो ।

लिटिल मिस वर्ल्डमा नेपाली किशोरी पाँचौं स्थानमा तस्बिर सौजन्य : केशब अधिकारी / टर्की, अन्टालिया