ग्रामीण पर्यटनको गन्तव्य बन्दै गएको सुन्दर गाउँ तोप्लाङ

776 पटक पढिएको

सम्पादक: Dhadingnews.com

adobe creative suite master collectionकेशव अधिकारी
तोप्लाङ (धादिङ ) ढुङगाको छानो भएका सफा र चिटिक्क परेका परम्परागत शैलिमा वनाईएका पुराना घर , प्रत्येक घरको छानोमा सोलार प्यानल र घरै पिच्छे शौचालय । गाउंभरिको वाटो र गल्लिहरुपनि सफा सुग्घर । गाउंलेहरु पनि शिष्ट र शालिन । धादिङ जिल्लाको नौविसे गाउं विकास समितिको वडा नम्वर ७ तोप्लाङ गाउंको संक्षिप्त परिचय हो यो । पर्यटकिय क्षेत्र तोप्लाङ गाउं समुद्री सतहबाट २२ सय मिटर उचाईमा रहेको छ ।

जिल्लाको दक्षिणी भेगमा पर्ने नमुना गाउं तोप्लाङ धादिङ जिल्लाकै पहिलो ग्रामीण पर्यटकिय क्षेत्र हो । तोप्लाङलाई पर्यटकिय क्षेत्र विकासका लागि यहांका तामाङ समुदायले गाउंलाई सफा सुग्घर मात्रै वनाएका छैनन । सिङगो गाउंमा अर्गानिक तरकारी तथा फलफुल खेतीको विकास गर्नुका साथै घर-घरमा आवश्यक पूर्वाधार निर्माण समेत गर्दै आईरहेका छन ।

काठमाण्डौको थानकोटवाट ऐतिहासिक स्थल चन्द्रागिरी भञ्ज्याङ हुंदै त्यहांवाट पाँच किलोमिटरको यात्रा पछि पुग्न सकिने तोप्लाङ गाउंलाई नमुना वनाउने कार्यका लागि कामगर्दै आईरहेका यहांका अगुवा भैरववहादुर तामाङ सरकारी निकायको ध्यान पुग्न सके तोप्लाङ वैकल्पिक नगरकोट वन्न सक्ने दावी गर्छन ।

गाउंलाई पर्यटकिय क्षेत्र वनाउने लक्ष्यका साथ विभिन्न पूर्वाधार विकासका साथै तामाङ ,कला र संस्कृतिको प्रदशर्नी समेत गर्दै आईरहेका तोप्लाङका वासिन्दाले तोप्लाङको ७१ घरमानै शौचालयको निर्माण गर्नुका साथै प्रत्येक घरमा सोलार जडान समेत गरिसकेका छन । तोप्लाङ गाउं अत्यन्तै मनमोहक रहेको त्यहां पुगेका पर्यटकहरु वताउंछन ।

गाउंमा आईपुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई यहांका गृहिणीहरुले आत्मिय स्वागत र सत्कार गर्ने गरेका छन । अतिथी सत्कारका लागि सिपालु यहांका वासिन्दाले शिष्ट र शालिन भाषाको प्रयोग गर्ने गरेका छन । ग्रामीण पर्यटकिय क्षेत्रको रुपमा विकास हुंदै गईरहेको तोप्लाङ पुग्ने देशी तथा विदेशी पर्यटकलाई यहांका वासिन्दाले पेइङ गेस्टका रुपमा आ-आफ्नो घरमा राख्ने गरेका छन ।

पाहुनाहरुलाई तामाङ कला र संस्कृत्तिको माध्यमवाट स्वागत गर्नुका साथै आफ्नै गाउंमै उत्पादित अर्गानिक मकै र कोदोको ढिंडो , कुखुराको मासु ,हरियो तरकारी ,दालभात ,रोटी लगायतका खानेकुरा इच्छाअनुसार पर्यटकलाई प्रदान गर्ने गरिएको छ् ।

अग्लो डाँडामा निर्माण गरिएको मोटरबाटोवाट यात्रा गर्दा मनै लोभ्याउने दृश्यहरु देख्न सकिने र गाउंवाट काठमाण्डौ उपत्यकाका साथै मनोरम हिमाली दृश्यहरु अवलोकन गर्न पाइने भएकाले तोप्लाङ नमुना पर्यटकिय क्षेत्रका रुपमा परिचित हुंदै गएको तोप्लाङ गाउंको विकासका लागि केही प्रयास सुरु भएपनी राजनैतीक हस्तक्षेप र बिबादका कारण केही सुस्ताउन पुगेको भएपनी तामाङ सँस्कृति, परम्परा र भेषभुषाका साथै अर्गानिक उत्पादनको स्वाद , सफा सुग्घर र नमुना गाउँले गर्दा तोप्लाङ सवैको रोजाईको क्षेत्र वनेको हो ।

765qwerty765