जिवन र पविन सपनाको सहरमा हराउँदै

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन , मानिस भित्र इच्छा, शक्ति भयो भने हर कुरा सम्भव हुन्छ । यस्तै उदाहरणको रुपमा साङ्गितीक क्षेत्रमा देखा परेका छन् दुई युवक यानिकी जिवन पन्त र पविन गुरुङको जोडि ।
Jeevan & Pabin
अहिले साङ्गितीक क्षेत्र आफैमा धरापमा परिरहेको अवस्थामा यि जोडिले नेपाली साङ्गितीक आकाशमा एउटा मिठो सपना वोकि सपनाको सहरनामक आधुनिक गिति एल्वम वजारमा ल्याएका छन् । जसमा जिवन पन्तको शब्द, पविन गुरुङको आवाज र केशव सापकोटाको सङ्गित रहेको छ । यस गीतलाई सार्थक डिजिटल प्रा.लीले बजारमा उपलब्ध गराएको छ ।

हुनत यि दुई युवक नेपाली सेनामा कार्यरत छन् । तैपनि साङ्गितिक आकाशमा केहि गर्ने अठोट वोकी लागि परेका छन् र छिटै अर्काे आधुनिक गीतको तयारीमा रहेको पनि जानकारी यि जोडिले दिएका छन् ।