गजल-शेर्पीनी कान्छी “नीम”
546 पटक पढिएको
मेरो हाल नसोध साथी पिरै पिरमा छु
बाधा अडचनले घेरेको जन्जीरमा छु।।
काम सानो हुन्न है कर्म ठुलो सोंचेपछी
बुढाबुढी असक्तको सेवा गेर्ने जागिरमा छु।।
भने जस्तो सोंचे जस्तो हुन्न रैछ जिवनमा
तिम्रो दिलमा बसें खै कस्को तक्दिरमा छु।।
मुटु बिजाउने नमीठा ति अतित भुलाउन
पारि तर्न नआउ कुर्दै नदिको तिरमा छु।।
कहिल्य काँही याद धेरै आउछ भने मेरो
नियाली हेर्नु त्यही भीत्ताको तस्बिरमा छु।।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७१, ७ असार शनिबार ०५:५८ मा प्रकाशित