भानुकै हस्ताक्षरको कम्प्युटर फन्ट

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

get_img

काठमाडौँ: भानु प्रतिष्ठानले ‘भानुभक्तका काव्यकृति’ शीर्षकमा आदिकवि भानुभक्त आचार्यको हस्ताक्षरमा आधारित रही बनेको कम्प्युटर फन्ट प्रयोग गरी नेपाली कागजमा ‘रामायण’ र अन्य कृति प्रकाशन गरेको छ ।

उक्त कृति यही असार २७ गते लोकार्पण गरिनेछ । उक्त समारोहमा भानुभक्तका काव्यकृतिको अध्ययन, अनुसन्धान, सम्पादन एवम् भानुभक्तलाई राष्ट्रिय विभूति र जातीय कविका रुपमा सम्मान गरी जयन्ती आयोजना, मूर्ति स्थापना, उद्यान निर्माण, श्रव्यदृश्य सामग्री उत्पादन आदि कार्यमा योगदान दिने स्वदेश र विदेशका व्यक्ति र संस्था गरी सय जनालाई भानु द्विशतवार्षीकी सम्मानसमेत दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले भानुजयन्तीका दिन यही असार २९ गते बिहान काठमाडौँमा प्रभातफेरी र नगर परिक्रमा आयोजना गर्नाका साथै स्वदेश तथा विदेशका साहित्यकारलाई भानुजन्मस्थल चुँरीरम्घा लगी श्रद्धाञ्जलिसभामा सहभागी गराउने कार्यक्रम राखेको छ ।

त्यस्तै असार ३० गते गोरखा बजारमा साहित्य सङ्गमसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विशेष कविगोष्ठीसमेत आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले बताए । – रासस