सहमतिको निम्ति आफू बाधक होइन साधक– सभापति डा भट्टराई

786 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dr bhattaraiकाठमाडौँ, २४ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा राजनीतिक परामर्शलाई पुनः सुरु गर्नुभएको छ ।

आफ्नो स्वास्थ्यमा सुधार आएपछि सभापति डा भट्टराईले यस क्रममा आज बिहान नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोन संवाद गर्नुभएको सभापति डा भट्टराईको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले उहाँहरुसँगको कुराकानीमा सभापति डा भट्टराईले संविधान निर्माणका क्रममा सहमतिको निम्ति आफू बाधक होइन साधक बन्ने बताउनुभएको जनाएको छ ।

सभापति डा भट्टराई अस्वस्थ्य भएपछि समितिको बैठक अवरुद्ध हुन पुगेको थियो । समितिको बैठक भोलि मङ्गलबार दिउसो १ बजे बस्ने छ । सभापति डा भट्टराईले एमाओवादी अध्यक्ष दाहालसँग आइतबार बेलुकी आफ्नै निवास सानेपामा भेटवार्ता गर्नुभएको थियो ।

सभापति डा भट्टराईले राजनीतिक दलका शीर्ष नेताहरु तथा संविधानसभाका अध्यक्षसँगको कुराकानीमा संविधान निर्माणका लागि सहमतिको मिलनबिन्दु खोज्दै सहमतिकै आधारमा अघि बढ्न आग्रह गर्दै आउनुभएको सचिवालयले जनाएको छ ।