विप्लवले बनाए पार्टी चलाउने बेग्लै कार्ययोजना

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

६ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रक चन्द विप्लव अन्ततः पार्टी विभाजनको निष्कर्षमा पुगेका छन् । शनिबारबाट बोलाइएको केन्द्रीय सििमतको विस्तारित बैठकसमेत बहिष्कार गर्दै चन्द पक्षले अलग पार्टी निर्माणसहितको खाका तयार पारेको छ । संस्थापन पक्षले आत्मआलोचनासहित लिखित स्पष्टीकरण नबुझाएसम्म बैठकमा सहभागी हुन नदिने पूर्ववत् अडानबाट लचिलो बन्दै बैठकमा सहभागी हुन गरेको आह्वानलाई समेत चन्द पक्षले अस्वीकार गरेको छ ।

माओवादी केन्द्रीय समितिको विस्तारित बैठक शनिबारबाट सुरु हुँदैछ । ‘हामी सञ्चारमाध्यमबाट गरेको वक्तव्यबाजीका आधारमा बोलाइएको बैठकमा सहभागी हुँदैनौं,’ चन्दपक्षीय पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माले भने, ‘उहाँहरु (बैद्य)को मात्रै आन्तरिक छलफलबाट बोलाइएको बैठकमा सहभागी हुनुको अर्थ छैन्,’-राजधानी दैनिकमा खबर छ ।

संस्थापन पक्षले सचिव चन्दकै आग्रहमा ६ मंसिरबाट विस्तारित बैठक बोलाएको थियो । यसअघि २९ र ३० कात्तिकमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले चन्द पक्षलाई गुटगत भेला, बैठक र कार्यक्रम गरेको भन्दै आत्मआलोचनासहित लिखित स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो । तर चन्द पक्षले उल्टै अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आत्माआलोचना गर्नुपर्ने र आफूसहितको सहमतिमा बैठक बोलाउनुपर्ने माग गरेको थियो ।

– See more at: http://www.onlinekhabar.com/2014/11/209185/#sthash.9HXXHoOv.dpuf