ट्रेड युनियन काङग्रेस धादिङको छैटौं जिल्ला परिषद

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
d8693b (1)धादिङ÷नेपाल ट्रेड युनियन काङग्रेस धादिङको छैटौं जिल्ला परिषद शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काङग्रेस धादिङका अध्यक्ष मेघ नाथ कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका उपसभापति नन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै रिजालले नेपाली काङग्रेसले एकिकृत नेकपा माओवादीसँग सहमति गरेर संविधान निमार्ण गर्नु भन्नु मुर्खता भएको आरोप लगाउनु भयो । एकिकृत नेकपा माओवादीसँग मिलेर कुनै पनि हालतमा माघ ८ गते भित्र संविधान निमार्ण नहुने रिजालले ठोकुवा समेत गर्नु भयो । यदि नेपाली काङग्रेसले संविधान निमार्ण गर्न नसक्ने हो भने सरकारमा बस्नुको पनि कुनै औचित्य समेत नरहेको उहांको भनाई थियो ।
नेपाली काङगे्रस र नेकपा एमालेले माओवादीसँग सहमतिमा गरेर संविधान निमार्ण गर्ने प्रस्ताव गर्ने हो भने एकिकृत नेकपा माओवादीलाई संविधान निमार्ण गर्ने जिम्मा दिँदा कुनै फरक नपर्ने रिजालको भनाई थियो ।
कार्यक्रममा नेपाल टे«ेड युनियन काङग्रेस धादिङका कोषाध्यक्ष बुद्धि भट्टले संस्थाको आय ब्यय र आगामी बर्ष संस्थालेगर्ने क्रियाकलापहरु, संस्थाको भावी योजना र रणनितिको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बागमती अञ्चलका क्षेत्रिय अध्यक्ष विनोद कार्की, बागमती अञ्चलका सचिव राजेश हुमागाई, सदस्य ईश्वरी देवी लौडारी, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष शिव राना, नेपाल नाई संध धादिङका अध्यक्ष सुर्य नारायण ठाकुर लगायत विभिन्न मजदुर संघ÷संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।