सत्ताका मधेसी नेता फकाउने विपक्षी दाउ

392 पटक पढिएको

प्रकाशित मिति: २०७१, १४ मंसिर आईतवार ०८:५७

सम्पादक: धादिङ न्यूज

 

 

 
 
 
 

22 Parties Press Meetकाठमाडौं,मंसिर १४ – सत्तारूढ दल कांग्रेस–एमालेका भित्रका मधेसी तथा जनजाति नेताहरूलाई फकाएर आफ्ना एजेन्डामा तान्ने रणनीति एमाओवादीसहितका विपक्षी दलहरूले बनाएका छन्।
तराईमधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले आफूहरूले मात्रै गरेको प्रयासले उद्देश्य पूरा नभएकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि यसमा पहल गर्नुपर्ने प्रस्ताव शनिबार बिहान एमाओवादीसहित नवगठित मधेसी मोर्चा र संघीय समाजवादी पार्टीका नेताहरूको बैठकमा राखेका थिए। ‘कांग्रेस–एमालेको नौबुँदे प्रस्तावका विपक्षमा ती दलका केही सभासद्बाट वक्तव्य आएका छन्, उहाँहरूको भनाइ के हो भन्ने सामान्य कुराकानी भएको हो।’

संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्नुपर्नेमा दलहरूबीच आपसी समझदारी बन्न नसकेको अवस्थामा झन् अन्योल बढाउने विपक्षी दलहरूको यो रणनीति आएको हो। एमाओवादी संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले यसलाई सत्तारूढ दलभित्र खेल्न खोजेको भन्दा पनि उत्पीडितहरूको साझा धारणा बनाउन खोजेको अर्थमा लिनुपर्ने प्रतिक्रिया दिए।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, १४ मंसिर आईतवार ०८:५७ मा प्रकाशित