कता जाँदै छन् विप्लव ? विप्लव पक्षीय नेता–कार्यकर्तामाथि प्रहरी निगरानी  

721 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • netra bikram chand biplav (1)

काठमाडौं,मंसिर १४ – नेकपा–माओवादीबाट सम्बन्धविच्छेद गरेका नेता नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन् । चितवनको शुक्रनगर –८ जप्कामा तीन दिनसम्म चलेको विप्लब समूहको बैठकले उनकै नेतृत्वमा नेकपा –माओवादी गठन गरेको हो ।

तत्कालीन एकता केन्द्र (अहिलेको एमाओवादी) ले सशस्त्र युद्दमा जाने निर्णय पनि चितवन बैठकबाटै गरेको थियो । २०५१ मा १६ देखि २१ जेठसम्म चितवनमा बसेको एकता केन्द्रको विस्तारित बैठकले प्रचण्डको नेतृत्वमा जनयुद्दमा जाने निर्णय गरेको थियो । विप्लव समुह पनि सशस्त्र संघर्षकै तयारीमा रहेको स्रोतले जनाएको छ ।
बैठकमा सहभागि एक नेताका अनुसार सोमबार पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गरिनेछन् । राष्ट्रिय भेलापछि मात्रै संघर्षका कार्यक्रम तय गरिने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसैबीच ,नेकपा–माओवादीबाट फुटेका नेता नेत्रविक्रम चन्द विप्लव र उनका नेता तथा कार्यकतामाथि प्रहरीले निगरानी थालेको छ । गृहमन्त्रालयको निर्देशनमा प्रहरी र सेनाले उनीहरुलाई निगरानी गर्न थालेको हो ।