नेत्रविक्रम चन्दले नयाँ पार्टी घोषणा गर्दै
475 पटक पढिएको
वैद्य समुहको नेकपा माओवादीबाट हालै अलग्गिएको नेत्रविक्रम चन्द समूहले आज औपचारिक रुपमा पार्टीको घोषणा गर्दैछ । केही दिन अघि भएको केन्द्रीय समितिको बैठकको निर्णयहरु आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको जनाइएको छ । त्यसका लागि राष्ट्रिय नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेता खड्गबहादुर विश्वकर्माले बताउनुभयो । चन्द समुहले पार्टीको नाम वैद्य अध्यक्ष रहेको नेकपा माओवादीमा रहेको ड्यास र मातृका यादव नेतृत्वको नेकपा माओवादीमा रहेको जस्तो कोष्ट नभएको नेकपा माओवादी राख्ने जनाएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७१, १५ मंसिर सोमबार ११:३० मा प्रकाशित