राप्रपामा नियुक्ति विवाद बुद्धिमान तामाङद्वारा राजीनामा

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buddimaan tamaangकाठमाडौं, -केन्द्रीय सदस्य तथा आपूर्तिमन्त्री सुनील थापाले गरेको ‘राजनीतिक नियुक्ति’लाई लिएर राप्रपामा विवाद उत्पन्न भएको छ ।‘आफूले गरेको सिफारिसलाई राप्रपाबाट मन्त्री भएका थापाले कार्यान्वयन नगरेको’ भन्दै महामन्त्री बुद्धिमान तामाङले पार्टीको सिफारिस समितिबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई बुझाएका छन् ।

आपूर्तिमन्त्री थापाले पार्टीका चार केन्द्रीय सदस्यलाई विभिन्न ठाउ“मा नियुक्त गरेका छन् ।

नियुक्त पाएका केन्द्रीय सदस्यमा धनबहादुर बुढाले नेसनल टे«डिङ, किशोरबहादुर कार्कीले नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड, वीरसिंह ठकुरीले आपूर्ति मन्त्रालायअन्तर्गत केन्द्रीय अनुगमन समित सदस्य र प्रकाश केसीले खाद्य संस्थापनमा नियुक्तिपाएका छन् ।

यसैगरी, राप्रपाका संसदीय दलका नेता दीपक बोहरापत्नी उन्नति बोहरालाई नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यकारी सदस्य र राप्रपा नेता गोपी ढकाललाई अनुगमन समिति सदस्यमा नियुक्त गरिएको छ ।

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले राजनीतिक नियुक्तिका लागि सिफारिस गर्न केही दिनअघि महामन्त्री तामाङको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले राप्रपाका २७ जनाको नाम आपूर्तिमन्त्री थापालाई बुझाएको थियो ।

बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री हुनुहुन्छ । राप्रपा र जनशक्ति पार्टीबीच एकता हुनु अघि उहाँ जनशक्ति पार्टीको महामन्त्री हुनुहुन्थ्यो ।

विक्रम सम्वत २०१० सालमा धादिङको सेर्तुङ १ बोराङमा जन्मेका बुद्धिमान तामाङ पञ्चायत र बहुदलकालमा पटक–पटक मन्त्री बन्ने मध्येका एक नेता हुनुहुन्छ । राजनीतिमा लागेको पाँच वर्षमै तामाङ राष्ट्रिय पञ्चायत सदस्य र मन्त्री बन्नुभयो ।

२०३८ सालमा चुनाव जितेर सहायक मन्त्री बनेका तामाङ ०४३ सालमा फेरि चुनाव जितेर मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पूर्ण अधिकार सहितको सामान्य प्रशासन मन्त्री हुनुभयो । बहुदल आएपछि ०४८ सालमा चुनाव लडेर हारेपनि तामाङ ०५१ र ०५६ मा निर्वाचित हुनुभयो र मन्त्री बन्नुभयो । तर २०७०  सालमा भने पराजित हुनुभयो ।

बहुदल र ०६१ मा तत्कालीन राजाले शासन लिँदा उहाँ गृहमन्त्री, कृषि, विज्ञान तथा प्रविधि, भूमिसुधार, भौतिक योजना, जनसंख्या तथा वातावरण,उद्योग, वाणिज्य तथा आपूर्ति बन्नुभयो । धारजम र उर्पाश्या तामाङका छोरा बुद्धिमान तामाङले अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।