संविधानसभालाई फर्केर हेर्दा, चैत्र २८ देखि माघ ८ सम्म 

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०६२ सालको मंसिरमा भएको सहमतिका आधारमा सशस्त्र युद्व गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीतिक दलहरु बीच संयुक्त आन्दोलन भएको थियो ।

-२०६२ सालको चैत्र २३ गते सुरु भएको आन्दोलन २०६३ बैशाख ११ मा आउँदा सफल भएको थियो ।

-तत्कालिन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै सुम्पने’ भन्दै विगठित व्यवस्थापिका संसद पुनस्र्थापना भएको घोषणा गरेपछि तत्कालिन सात राजनीतिक दलले आन्दोलन सफल भएको घोषणा गरेका थिए ।

-२०६४ साल चैत्र २८ गते भएको पहिलो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो ।

– तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको पहिलो बैठकमा नै गणतन्त्र घोषणा गर्ने सहमति अनुसार २०६५ साल जेठ १५ गते बसेको बैठकले नेपाल संघीय लोकतान्त्रीक गणतान्त्रिक मुलुक भएको घोषणा गरेको थियो ।

– २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमा मुलुक गणतन्त्र भएको घोषणा गरियो त्यसको १५ दिनपछि राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबारबाट विदा लिए ।

– अन्तरिम संविधान–२०६३ ले व्यवस्था गरेको दुई वर्षको संविधान निर्माणको समयमा संविधान घोषणा हुन सकेन ।
-२०६६ जेठ १०–१४ सम्मका चार दिन निकै अन्यौलपूर्ण रहे । ४ दिनको राजनीतिक ‘म्याराथन’ पछि अन्तमा १४ गते मध्यरातमा उनीहरु संविधानसभाको एक वर्ष म्याद थप्न सहमत भए ।

-२ बर्षभित्र संविधान तयार गरी जारी गर्ने म्यान्डेटका साथ निर्वाचित भएको संविधान सभालाई म्याद थपेर ४ बर्षसम्म लम्बाइयता पनि नेपाली राजनैतिक दलहरूबीच संघीयताको बारेमा सहमति जुट्न नसके पछी २०६९ जेठ १५ गते बाट सर्वोच्च अदालतको फैसाला बमोजिम स्वतः बिघटन भयो ।

– प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ जेठ १४ गते राति संविधान सभाको स्वतः विघटनपछि नयाँ चुनाव २०६९ मंसिर ७ गतेका लागि घोषणा गरे ।

– तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा अन्य दलहरु खास गरी नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनमा जान नचाहेपछि तत्कालिन प्रधानन्यायाधिश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषदको गठन भई निर्वाचनमा जाने सहमति भयो ।

– सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीस खिलराज रेग्मीको अध्यक्षतामा २०६९ चैत १ गते चुनावी सरकार गठन भयो ।
– उक्त सरकारले २०७० मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन सफल गरायो ।

-उक्त निर्वाचनमा जानु पूर्व सबै दलहरुले आ–आफ्नो घोषणा–पत्र मार्फत १ वर्ष भित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

– संविधान सभाको पहिलो बैठक २०७० माघ ८ गते बसे पश्चात २०७१ माघ ८ गतेलाई संविधान जारी गर्ने मिति निर्धारण गरियो