धादिङका पुराना कांग्रेस नेता सम्बरराज पाण्डेको निधन

577 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nc jhabndaaधादिङ,१२ माघ ः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एबं नेपाली कांग्रेस धादिङका पुराना नेता सम्बरराज पाण्डेको ८७ बर्षको उमेरमा सोमवार निधन भएको छ । २०३७ देखि २०४७ सम्म धादिङ कांग्रेसको सचिवको जिम्मेवारी समेत सम्हालेका पाण्डे लामो समय देखि विभिन्न रोगबाट थलिएका थिए । पाण्डेको सोमबार बिहान काठमाडौंमा निधन भएको हो ।
२००३ सालमा स्थापित राष्ट्रिय कांग्रेसको स्थापनासँगै राजनीतिमा सक्रिय रहेका पाण्डेको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्ठि गरीएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति सुशील कोइराला पशुपति आर्यघाट पुगेर पाण्डेको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । आर्यघाटमा कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै अन्य केन्द्रिय नेताहरु र कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।
२००७ सालको जनक्रान्तिमा सक्रिय सहभागि रहनुभएका पाण्डे २०१४ को सालमा भद्रअवज्ञा आन्दोलनका साथै २०१७ पछि पञ्चायत बिरोधी आन्दोलन, २०३६को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६को जनआन्दोलन देखि २०६२÷२०६३ को जन आन्दोलनमा निरन्तर सक्रिय रहंदै आएका थिए । पार्टी नेता एबं प्रजातान्त्रिक आन्दोलनका योद्धा पाण्डेको निधनप्रति धादिङ कांग्रेसले गहिरो दुख व्यक्त गरेको छ । धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले
सोमबार नै शोक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक आन्दोलनमा पाण्डेले पु¥याएको योगदान स्मरणीय रहेको बिञप्तिमा उल्लेख गरेका छन । पार्टीका पुराना नेता पाण्डेको सम्मानमा धादिङ कांग्रेसले तीन दिन सम्म आधा झन्डा झुकाउनुको साथै कार्यालय समेत बन्द गर्ने भएको छ । पाण्डेका तीन छोरा एक छोरी छन्।