बैरेनीका शिक्षण संस्थामा अनेरास्ववियुका कमिटी पुर्नगठन

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

studinntबैरेनी– नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियुले वैरेनी गाविसको २ वटा उच्च मावि र एक क्याम्पसमा आफ्नो प्रारम्भिक कमिटीको पुर्नगठन गरेको छ ।
अनेरास्ववियु धादिङका प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको बिद्यार्थीहरुको छुट्टाछुट्टै भेलाले कमिटीको पुर्नगठन गरेको हो । किराञ्चोक कार्कीडाँडा उच्च मावि बैरेनी १ मा माघ १४ गते सम्पन्न भेलाले कृष्णमाया श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यिय उच्च मावि प्रारम्भिक कमिटी पुर्नगठन गरेको छ । जस्मा सचिवमा –तिमिल्सिना, सह सचिवमा –कविता श्रेष्ठ र कोषाध्यक्षमा संगिता तामाङ रहेका छन । त्यसैगरी सोही बिद्यालयको मावितहमा रहेको प्रारम्भिक कमिटी पुर्नगठन कमिटी पनि पुर्नगठन गरिएको छ । पुर्न गठित ७५ सदस्यिय कमिटीको अध्यक्षमा सुमन खडका,उपाध्यक्षमा निर्मला भण्डारी, सचिवमा सिर्जना अधिकारी, सह सचिवमा गोविन्द रिमाल, कोषाध्यक्षमा प्रभाकर सुवेदी रहेका छन ।
यसैगरी अनेरास्ववियुले बैरेनीमा रहेको नमुना वागेश्वरी बहुमुखी क्याम्पसमा पनि कमिटीको पुर्नगठन गरेको छ । माघ १९ गते सम्पन्न भेलाले अच्युत खतिवडाको अध्यक्षतामा ३४ सदस्यिय कमिटी गठन गरेकोमा कमिटीको उपाध्यक्षमा पार्वती तिमिल्सेना,सचिवमाा हरीप्रसाद ढुंगाना, सह सचिवमा रमेश अधिकारी, कोषाध्यक्षमा मञ्जु अधिकारी रहेका छन ।
सोही दिन सम्पन्न अर्को भेलाले वागेश्वरी उच्च माविमा पनि कमिटीको पुर्नगठन गरेको छ । कृष्णप्रसाद विंडारीको अध्यक्षतामा गठन गरिएको कमिटीको उपाध्यक्षमा अमृता अधिकारी,सचिवमा विदुर अधिकारी,सह सचिवमा रविन्द्र अधिकारी र कोषाध्यक्षमा बिक्रम रहेका छन ।