आन्तरिक पर्यटकहरुकोे आकर्षणको केन्द बन्दै कुण्डला मुक्तीनाथ

1368 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
DSC07154 (1)धादिङ -धादिङको  कुम्पुर–४ जुङटारमा स्थापना भएको  कुण्डला मुक्तिनाथ बाबाको मन्दिर छोटो समयमा नै आन्तरिक पर्यटकहरुकोे आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ ।
पाँच बर्ष अगाडि लालकुमारी मल्लको शरीरमा उत्पन्न भएको दैवी शक्तिको बिश्वासमा स्थानीयहरुको पहल मार्फत २०६६ साल बैशाख २६ गते चण्डी पूर्णिमाको दिनमा  मन्दिरको स्थापना भएको हो । २०६६ साल जेष्ठ १३ गतेका दिन गजुरी गाविस वडा नं २ का लक्ष्मी श्रेष्ठ, कन्या सविना थपलिया र कुम्पुर –४ का अवि बहादुर मगरले तिर्थ कुण्डलाको पत्ता लगाएका थिए । हरेक बर्षको चण्डी पूर्णिमाको दिनलाई स्थापना काल मानी भब्य मेला लाग्ने यस मन्दिरमा कृष्ण अष्टमी र शिव रात्रीको दिनमा बिशेष पुजा आजाका साथ मेला लाग्ने गरेको छ । २०६६ साल श्रावण ८ गते देखि मात्रै मन्दिरको निमार्ण कार्य सुरु गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर मगरले बताउनु भयो । १८ हजार लगानीबाट मन्दिर निमार्ण कार्य सुरु गरे भए पनि अहिले सम्म मन्दिर ब्यबस्थापनको लागि १० लाख रुपैंया खर्च भइसकेको मगरले बताउनु भयो ।

                छोटो समयमा नै आफ्नो नाम देश तथा विदेशमा चिनाउन सफल भएको यस धार्मिक स्थल कुण्डला मुक्तिनाथ बाबाको मन्दिरमा धादिङ, काठमाण्डौ, झापा, पोखरा, लगायत मेची महाकाली देखि पूर्व पश्चिम सम्मका लाखौ भक्तजनहरुले दर्शन गरि सकेको मन्दिर ब्यबस्थापन कार्य समितिका सदस्य सावित्री गिरीले जानकारी दिनु भयो ।  देश तथा विदेशमा चिनाउन सफल भएको कुण्डला मुक्तिनाथ बाबाको मन्दिरमा सबै राजनीतिक दलहरु लगायत संघ÷संस्थाहरुलाई सहयोग गरे जिल्लाकै उत्कृष्ठ धार्मिक स्थल बन्न सक्ने मन्दिर ब्यबस्थापन कार्य समितिका सदस्य सावित्री गिरीले बताउनु भएको छ । हरेक बर्षको चण्डी पूर्णिमाको दिनलाई स्थापना काल मानी भब्य मेला लाग्ने भए पनि यस मन्दिरमा कृष्ण अष्टमी र शिव रात्रीको दिनमा बिशेष पुजा आजाका साथ मेला लाग्ने छ । मन्दिरको भौतिक संरचनालाई नेपाल सरकार र विभिन्न दातु संघ संस्थाले सहयोग गरेको खण्डमा कुण्डल मुक्तिनाथ बाबाको मन्दिर मनकामना मन्दिर जस्तै बनाउने मुक्तिनाथ मन्दिर ब्यवबस्थापन समितिका अध्यक्ष तुलबहादुर मगरले बताउनु भयो । धादिङ जिल्लाको मात्र नभई नेपाल भरीका हिन्दु धर्मालम्बीहरुको ध्यान जाने हो भने कुण्डल मुक्तिनाथ बाबाको मन्दिर छिट्टै नै पर्यटकीय स्थलको हिसावले उत्कृष्ठ हुने सम्भावना रहेको मगरको भनाई रहेको छ । पृथ्वीराजमार्गको मुख्य सडक खण्डबाट–४ किलोमिटरको दुरीमा पर्ने कुण्डला देवी मन्दिरमा विशेष गरी पुजा हरेक महिनाको पूर्णिमाको दिने भक्तजनहरुको भीड लाग्ने गर्दछ । धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले उपयुक्त र यातायातको सुविधाबाट पनि निकै सहज स्थानमा रहेको मुक्तिनाथ मन्दिरको विकासको लागि सम्बन्धीत निकायहरुको ध्यान नपु¥याएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । यहिले सम्म उक्त स्थानमा करिब दुई लाख भक्तजनहरुले दर्शन गरी सकेको मगरको भनाई रहेको छ ।