धादिङमा तीन माओवादी पार्टीका तीन खाले जनयुद्ध दिवस

2881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

plaधादिङ–जुट्नु फुट्नु नेपाली कम्युनिष्ट पार्टीका लागि सामान्यनै जस्तो भईसकेको छ । कुन पार्टी कति वेला जुट्छ र कति बेला फुट्छ सर्वसाधरणलाई थाहा हुने कुरै भएन त्यहि पार्टीका कार्यकर्ताहरु पनि अलमलमा पर्ने गर्दछन । अहिले नेपालमा कतिवटा कम्युनिष्ट पार्टी छ भनेर सोध्ने हो भने एकाध व्यक्तिलाई मात्रै त्यो संख्या थाहा हुन सक्छ ।
अरु भन्दा बेग्लै नाराका साथ २०५२ फागुन १ गते शशस्त्र युद्धमा होमिएको नेकपा माओवादी युद्धकालमा पनि विवादमुक्त हुन सकेन,एक पक्षले अर्कोलाई आरोप लगाउने कारवाहीका लागि दवाव दिने काममा लागिनै रहे । उनीहरुको भाषामा जनयुद्धकाल भरी नेकपा माओवादी भित्र धेरैपटक नेत्तृत्वले सैद्धान्तिक मुद्धालाई आफ्नो अनुसार व्याख्या गरिनै रहे । शसस्त्र युद्ध छाडेर kavre_pla_nayantara101 prachandaशान्तिपूर्ण राजनितिमा आएको माओवादीले २०६४ सालको संविधान सभामा देशैभरी आफ्नो जित हात पा¥यो । दश वर्षे शशस्त्र युद्धको प्रभाव या उस्ले अघि सारेको मुद्धावाट सर्वसाधारण प्रभावित भए । माओवादी अर्को वामघटक जनमोर्चा संग मिलेर एकीकृत माओवादी वनेकै दिन देखि विभाजन हुन थाल्यो । तीन बर्षमा चार वटा माओवादी पार्टी गठन भए । एमाओवादीवाट शुरुमै अलग्गिएका मातृका यादव,दोश्रो पटक ठुलै शक्ती लिएर वाहिरिएका मोहन बैद्य, मोहन बैद्यवाट पनि अलग भएका नेत्र बिक्रम चन्दको नेत्तृत्वमा अहिले जनयुद्धकालमा संगै लडेका नेता कार्यकर्ता चार वटा पार्टीमा विभाजित हुन पुगेका छन । baidhya
शुक्रवार तिनै माओवादी पार्टीले जनयुद्ध दिवस मनाए । हिजो एउटै मुद्धा वोकेर लडेका नेता कार्यकर्ता आज एउटै मञ्चमा उभिन सकेनन त्यसैले उनिहरुले जनयुद्ध दिवस पनि फरक फरक ढ्रगवाट मनाए ।
धादिङमा पनि एकीकृत नेकपा माओवादीले शुक्रवार विहानै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यहाँ पुगेका नेता, कार्यकर्ता र पत्रकारलाई चकलेट वांड्नुका साथै रातो टिका लगाईदिए । जनयुद्धकालका घाईते र शहिदहरुको सम्झना गरे ।
मोहन बैद्यवाट अलगिएको नेकपा माओवादीको जिल्ला समितिले जनयुद्ध दिवस सदरमुकाम धादिङबेसीमा पञ्चैवाजा वजाउंदै नाच गान र भाषण गरेर मनायो ।
biplav बैद्यको नेत्तृत्वमा रहेको अर्को माओवादीले भने सांझमा बिचवजार चोकमा दिपावली गर्दै जनयुद्ध दिवसको सम्झना गरे । अहिले पार्टीको नाम र नेत्तृत्व फरक भएपनि १० बर्षे जनयुद्ध लड्दा एकैठाउंमा रहेका जिल्लाका माओवादी नेता कार्यकर्ताले तीनवटै कार्यक्रमलाई जनयुद्ध दिवसको अवसरमा सम्पन्न गरे तर एकै ठाउंमा उभिन भने सकेनन । किन फुटिरहन्छन नेपाली कम्युनिष्टहरु यति बेला सबैको चासो र जिज्ञासा बनेको छ ।