संविधान सभामा नफर्किए एमाओवादी सकिन्छ– ज्ञवाली

776 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0706धादिङ,२२ फागुन- जनमतको कदर गर्न नसकेर संविधान सभावाट वाहिरिएको एकीकृत नेकपा माओवादी संविधान निर्माण प्रक्रियामा सहभागी नभए समाप्त हुने नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वताउनु भएको छ ।
संविधान निर्माणमा सहभागी नहुनु भनेको संविधान सभा निर्वाचनका वेला जनताले दिएको मतको अपमान हुने भएकाले पाएको जिम्मेवारी पुरा गर्न नसक्ने दल जनताको बिचमा रहन सक्ने ज्ञवालीको भनाई थियो । जातिय सदभाव र सांस्कृतिक धरोहरलाई भत्काएर वनाईने राज्य नेकपा एमालेको लागि अस्विकार्य हुने भएकाले संविधान निर्माण प्रक्रियामा एमाओवादी र मधेशवादी दलले अघि सारेको प्रस्ताव स्विकार गर्न नसकिएको पनि ज्ञवालीले वताउनु भएको छ ।
मुलुक शशस्त्रद्धन्द्धबाट तङग्रिन नभ्याउंदै देशलाई एकल जातिय आधारमा भागवण्डा खोज्नु जनताको हितमा नभई देशमा दिर्घकालिन द्धन्द्ध निम्त्याउन खोज्नेहरुका लागि मलजल हुन सक्ने नेता ज्ञवालीको भनाई थियो ।
एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियु धादिङको २३ औं जिल्ला सम्मेलनको शुक्रवार धादिङको नलाङमा उदघाटन गर्दै एमाले नेता ज्ञवालीले संविधान निर्माणमा अवरोध ल्याउनेहरु संविधानको पक्षधर नभएको पनि जिकिर गर्नु भयो । सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै ज्ञवालीले शशस्त्र द्धन्द्धका कारण विश्वका धेरै देशको अर्थतन्त्र, दिगो विकास तहस नहस भएकाले नेपालले पनि अहिले त्यहि नियति भोग्नु परिरहेकाले संविधान निर्माणमा अवरोध गर्नेहरुले देशलाई जोगाउन भएपनि आफ्नो गल्तिलाई सुधार्नु पर्ने सुझाव दिनु भएको थियो ।
DSC_0656राजनैतिक बिषयमा वोल्नु अघि नेता ज्ञवालीले नेपालको शैक्षिक आन्दोलनमा देखिएका ५ वटा समस्याका वारेमा बिद्यार्थीहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नेपालको शैक्षिक अवस्था विग्रदै जानुमा सवैका लागि शिक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु, बिद्यालय छाड्ने बिद्यार्थीहरुको संख्या हरेक बर्ष बढ्दै जानु,सामुदायिक बिद्यालयको नतिजा कमजोर हुनु मुख्य कारण रहेको वताउनु भएको थियो । यसै गरी नेपालको शिक्षा जिवनपयोगी नभएका कारण शिक्षित वेरोजगार बढ्दै गएको र बिद्यार्थीहरुले राजनैतिक मुद्धालाई मात्र आन्दोलनको बिषय नवनाई शैक्षिक सुधारमा पनि ध्यान दिनु पर्नेमा नेता ज्ञवालीले जोड दिनु भएको थियो ।
सम्मेलनलाई नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेमप्रसाद लोहनी,धादिङ क्षेत्र नम्बर २ का सभासद एवम एमाले धादिङका पुर्व अध्यक्ष गुरुप्रसाद वुर्लाकोटी, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य जानुका सिम्खडा,अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष ऐनवहादुर महर, नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारी ,लगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा चर्चित हांस्यकलाकार राजा राजेन्द्रका साथै जनसांस्कृतिक मञ्चका कलाकारहको प्रस्तुति रहेको थियो ।