प्रधानमन्त्रीसहित दुई ठूला दलका अध्यक्ष धादिङमा

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sushil-KP-and-Prachand-at-धादिङ, – वैशाख १२ गते गएको महाभूकम्पले पुर्याएको क्षति अनुगमन गर्न प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड धादिङ सदरमुकाम धादिङवेशी पुगेका छन्  कारोवार दैनिक डट कमले समाचार लेखेको छ ।

प्रधानमन्त्री कोइरालाले संक्षिप्त सम्वोधन गर्दै महाविपत्तिमा उद्धार र राहत वितरणमा गरेको कार्य सराहनाीय भएको भन्दै महाभूकम्पले पुर्याएको क्षति व्यवस्थापन गर्न राष्ट्रको सम्पूर्ण शक्ति एक भएर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । धेरै घररिवारमा क्षति भएकाले एकै साथ राहत पुर्याउन नसकिएको हुन सक्ने भन्दै उनले जहाँजती उपलव्ध छ सहि तवरले व्यवस्थापन गर्न जिल्लाका नेता, प्रशासन, सुरक्षा संयन्त्रलाई निर्देशन दिए ।

“जनधनको धेरै क्षति भएको छ । वर्खा सुरु हुन लागिसक्यो । हावाहुरी बतास आँउछ र त्रिपालमात्र धान्न सक्दैन । सरकार विकल्पको खोजी गर्दै छ । बर्खापछि पूननिमार्ण सुरु गर्नु पर्दछ । अहिले महाविपत्तिमा परेका सवैलाइृ दुखकष्ट उत्तिकै छ । सवै जुटेर महाविपत्तिको क्षतिको व्यवस्थापन गर्नु पर्छ ।” अध्यक्षद्वय ओली र दहालले प्रधानमन्त्रीको सम्वोधन नै आफूहरुको पनि सम्बोधन भएको बताएपछि प्रधानमन्त्री कोइरालाले सम्वोधन गरेका थिए ।
४६ गाविस र एक नगरपालिका रहेको धादिङ जिल्लामा ७३ हजार ८ सय ४२ घरपरिवार मध्ये करिव ३५ हजार घर पूर्ण, ३२ हजार घर आंशिक र ६ हजार ८ सय ४३ सामान्य क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । महाभूकम्पमा परी ७ सय २ जनाले ज्यान गुमाएको र ६ सय ९२ जनालाई हेलिकप्टर र गाडीबाट उद्धार गरी उपचार गराईएको छ ।

मंगलवारसम्म १२ हजार २७ त्रिपाल, ११ हजार ८ सय ९० वारा चामल, ४ हजार ५ सय २७ वोरा चिउरा, ५ हजार ९ सय ५१ कार्टुन विस्कुट, ७ हजार ५ सय ७३ काटुर्न चाउचाउ, २ सय १० वोरा नून, १ सय ५५ वोरा चिनी, २ हजार ४ सय ८६ थान म्याट, ३ हजार ५ सय ११ वटा कम्वल सहित अन्य सामाग्री वितरण गरिएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी एवं दैविक प्रकोप उद्धार जिल्ला समन्वय समितिका अध्यक्ष वासुदेव घिमिरेले बताए । सडकको पहुँच नभएका र सडक भत्केका १५ गाविसमा हेलिकप्टरबाट ढुवानी गरिएको र अझ पनि उत्तरी क्षेत्रका रि, लापा, तिप्लिङ, सेर्तुङ र झार्लाङगाँउ विकास समितिमा हेलिकप्टरले नै दुवानी गर्नु पर्ने प्रजिअ घिमिरेले प्रधानमन्त्रीसहित अध्यक्षहरुलाई जानकारी गराएका थिए । प्रारम्भिक चरणमा २६ गाविसमा ११ करोड ८७ लाख आर्थिक सहायत गरिसको र गर्ने काम भैरहेको छ ।