१२ करोड लगानीमा वाटर किङडम रिर्सोट सञ्चालन

973 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

घाटवेशी, – राजधानी मित्रिने र वाहिरिनेलाई आन्तरिक तथा वाह्य पर्यटक लक्षित गरि काठमाण्डौको ६० किलो मिटर पश्चिम धादिङको घाटवेशीमा १२ करोड लगानीमा रिर्सोट सञ्चालनमा ल्याएको छ । धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रभात किरण सुवेदी सहितका ६ जना स्थानीयको लगानीमा फागु पूर्णिमा पर्वको अवसरमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीले वेलुन उढाएर गाल्डेन विच रिर्सोट प्राइभेट लिमिटेडको शुभारम्भ गरे । राजधानी आउने जाने आन्तरिक तथा वाह्य पर्यटकलाई जिल्ला भित्र्याउन रिर्सोट सहयोगी हुने विश्वास प्रमखु जिल्ला अधिकारी सुवेदी व्यत्तः गरे ।
धादिङ जिल्ला राजधानी र देशका विभिन्न जिल्ला तथा शहरलाई जोड्ने जिल्ला भएका कारण पनि पर्यटकलाई लक्षित गरि होटल तथा रिसोर्ट आवश्यक भएको र पछिल्लो खोल्ने क्रम बढेकोले जिल्लामा पर्यटक भित्र्उन सहज भएको र रोजगारी बढेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोदनाथ ढुवाडीले बताए । रिर्सोटमा ८ वठा अत्याधुनिक सुविधा सहितको ८ वटा रुम र ५० भन्दा वढी टेण्ट सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो वाटर पार्कलाई पूनः सञ्चालनमा ल्याएको छ । पिडा गाविस वडा नम्वर २ घाटवेशी स्थित वाटर किङडमको स्वामित्वमा रहेको वाटर पार्क सहित १० रोपनी जग्गा १० करोडमा खरिद गरि ८ वटा नयाँ रुम निमार्ण तथा वाटर पार्क मर्मत गर्दा २ करोड खर्च भएको गाल्डेन विच रिर्सोट प्राइभेट लिमिटेड अध्यक्ष प्रभात किरण सुवेदी बताए । अध्यक्ष सुवेदीको ४० प्रतिशत लगानी रहेको रिर्सोटमा उनका २ भाई रामचन्द्र सुवेदी र गौतम सुवेदीसहित सन्तोष घिमिरे, अर्जनु श्रेष्ठ, विकास श्रेष्ठ र दिपक सेढाईको ६० प्रतिशत लगानी रहेको छ । रिसोर्टमा निकट भविष्यमै अत्याधुनिक सुविधा सम्पन्न सहितको कन्फ्रेन्स हल र २४ वटा वेड रुम निमार्ण गर्ने योजना रहेको सुवेदीले बताए । त्रिशुली नदिमा जलयात्रा, वाटर पार्कमा स्वीमिङ र मनोरन्जनात्मक कार्यक्रम रिसोर्टको मुख्य प्याकेज रहेको छ ।
रिसोर्टको शुभारम्भमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्न र स्वीमिङ गर्न ३ सय भन्दा बढी जनाले पाँच सय रुपयाँ दरको टिकट लिएर प्रवेश गरेका थिए ।