सोल्टीनीको खबर सोध्दै  आईपुगे आकाश चेपाङ (भिडियो)

944 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । दक्षिणी धादिङको विकटमा जन्मिएका आकाश चेपाङ अबसरको खोजी गर्दै सदरमुकाम छिरेको तीन बर्ष नहुंदै निकै चर्चामा छन । सदरमुकाम आएपछि अध्ययन संगै रेडियोमा चेपाङ भाषाको समाचार बाचन शुरु गरेका आकाशले गित संगितमा पनि आंफुलाई स्थापित गराएका छन ।
धुषा गाविसको अति विकटमा रहेको दुङबाङ गाउंबाट सदरमुकाम आएपछि आकाशले आफ्नो प्रतिभाको प्रस्फुटन गराउँदै परिचय पनि वलियो बनाउंदै लगेका छन । दुई बर्ष अघिनै गायन क्षेत्रमा धादिङ जिल्लामा उत्कृष्ठ ठहरिएर धादिङ ताराको उपाधि पाएका तिनै आकाश यति बेला सोल्टीनिको खबर सोध्दै दर्शक तथा श्रोताका बिच आईपुगेका छन । धादिङ तारा आकाश चेपाङ आफ्नो सोल्टीनीको खबर सोध्दै फेरी उदाएका छन् । केहि समय अघि ओइ मेरी सोल्टीनी के छ खबर नामक गित बजारमा ल्याएका चेपाङ हालै मात्र उक्त गितको भिडियोका साथमा श्रोता/दर्शक सामु झनै चम्किलो भएर उदाएका हुन् ।

aakash-768x432-660x330आकाश चेपाङ तथा सुष्मा रुपाखेतीको आवाजमा सजिएको गितमा दिवस पाण्डे, कृषा लम्साल, टिना शाही ठकुरी र कमल लगायतका कलाकारहरुको मोडलिङ देख्न सकिन्छ । गितमा शब्द संगित पनि आकाश चेपाङकै रहेको छ ।

    धादिङमा रहेको दिब्य दर्शन टेलिभिजनको विशेष कार्यक्रम मार्फत गितको भिडियो सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा दिब्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक पोषनाथ अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, भिडियो निर्देशक गौरब गिरी, बाबुल म्युजिक प्रा.लिका कार्यकारी निर्देशक तथा मोडल दिबस पाण्डे, मोडल ललित सिङ धामी लगायतका व्यक्तिहरुले चेपाङको उज्वल साँगितिक भविष्यको कामना गरेका छन् ।

aaअहिलेको अबस्थामा नेपाली लोक संगितका नाममा अस्लिल भिडियोहरु बजारमा आइरहेको बेलामा ओइ मेरी सोल्टीनी के छ खबर गितको भिडियो नेपाली पन झल्कने एक उत्कृष्ट भिडियो रहेको सहभागिहरुको भनाई छ । आकाश चेपाङ तथा सुष्मा रुपाखेतीको आवाजमा सजिएको गितमा दिवस पाण्डे, कृषा लम्साल, टिना शाही ठकुरी र कमल लगायतका कलाकारहरुको मोडलिङ देख्न सकिन्छ । गितमा शब्द संगित पनि आकाश चेपाङकै रहेको छ ।

भिडियो हेर्नुहोस् : 

https://drive.google.com/file/d/0B86fDEIbIh_gaHJOM0xYQW5xSmM/view