फेसबुकमा अब नेपाली भाषामा च्याट गर्न सकिने

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

fv

एजेन्सी । फेसबुकले  नेपाली भाषा प्रेमीहरुको लागि नयाँ योजना लगाएको छ । फेसबुकले एउटा टुल सार्वजनिक गरेको छ जसले नेपाली भाषामा फेसबुक चलाउन सजिलो हुनेछ । फेसबुकले भनेका छ,–‘ अहिले हामी एन्ड्रोइड फोनको लागि फेसबुक एपभित्र देवनागरी एडिटिर प्रस्तुत गर्न लाग्दैछौं ।’

फेसबुकका अनुसार जब एपको सेटिङ अन गरिन्छ तब बारमा देखिएको एक बटनले आफ्नो ताजा सुचना र टिप्पणीहरु टाइप गर्न सकिन्छ । यसले रोमन अक्षरलाई आफै देवनागरी लिपिमा परिवर्तन गरिदिन्छ । यसको मतलब जुनबेला मानिसले यो एप प्रयोग गर्छन् अंग्रजीमा टाइप हुने शब्द देवनागरीमा परिवर्तन हुन्छ ।