दार्खामा टोल स्तरीय भलिबल सम्पन्न

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14658324_10209875759987275_1827574997_n-169x300गोपाल फ्युबा

 ब्युर्चेत- विजयादशमीको अवसर पारेर उत्तरी धादिङको दार्खा गाविसमा मैत्रिपूर्ण भलिवल प्रतियमेगिता सम्पन्न भएको छ । दार्खा गाविस वडानं ३ स्थित थ्रीडी खेल मैदानमा टोलस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कुल १० टोलका टिम सहभागीता रहेको टिम मध्ये म्हनेगङ, पङ्लेपखोर, पर्सनखोर र फ्युबखोर टिम सेमिफाइनलमा पुगेका थिए । असोज २२  गतेदेखि ब्युर्चेत युवा समूहको आयोजनामा भएको खेलको असोज २७ गते अन्तिममा उपाधि चुम्नका लागि  म्हनेगङ र पर्सनखोरबिच भएको सेमिफाइनल खेलमा ३-१ को नतिजा म्हनेगङले निकालेर तृतीय भए ।

फाइनलमा फ्युबखोर र पङ्लेपखोरबिच भएको खेलमा 0-३ को सोझो सेटमा पङ्लेपखोर टिमले बिजयी हासिल गरी प्रथम हुन सफल भयो । विजयी टिमलाई ५000,३000,२000,र ८00 नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको । बेस्ट प्लेयर कुमार लोप्चन र बेस्ट सटर टिकराम तामाङ छनौट गरिएको थियो । पुरस्कार वितरण कार्यक्रम समाजसेवी सुकबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।