धादिङका मेहनती महिलाहरुले बनाए दैनिक एक रुपैया बचतबाट एक करोडको विमा कोष

828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रमले धादिङ जिल्लामा सञ्चालन गरिरहेको सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रमको सरोकारवाला निकायबाट अनुगमन गरिएको छ । मिजेर रिअर जर्मनीको सहयोगमा सेभ द चिल्ड्रेन नेपाल मार्फत विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपालले सन २०१० बाट धादिङ जिल्लामा शुरु गरेको यो कार्यक्रम अहिले जिल्लाको १५ वटा गाविसमा लागु भएको छ ।

????????????????????????????????????

कार्यक्रमको प्रभावकारीता, यसबाट समुदायमा परेको प्रभाव, उपलव्धि, चुनौती र समस्याहरुका वारेमा जानकारी गराउने उद्धेश्यले शनिवार गोगनपानी गाविसमा कार्यक्रमको अनुगमन सम्पन्न भएको हो । अनुगमन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप तथा सुपरिवेक्षण अधिकृत शरद आचार्य,जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल,डिप्रोक्स नेपालका जिल्ला कार्यक्रम प्रवन्धक सिद्धि शिवाकोटी समुहका सदस्यहरुका साथै विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
आर्थिक अभावका कारण विरामी पर्दा उपचार गराउन नसकेर थला परेका ग्रामीण भेगका विपन्न समुदायका घर परिवारका महिला र तिनका घर परिवारका सदस्यहरुलाई समयमै स्वास्थ्य उपचार गर्न सघाउ पु¥याउने उद्धेश्यले धादिङमा यो कार्यक्रम सञ्चालन भईरहेको छ ।

????????????????????????????????????

जिल्लाको जोगिमारा,धुषा,वेनिघाट,सलाङ,गजुरी,पिडा,कुम्पुर,कल्लेरी,बैरेनी गाविसमा यो कार्यक्रम लागु गरिएको छ । त्यसै गरी भुमेस्थान, थांक्रे, नौविसे, गोगनपानी, केवलपुर र जिवनपुर गाविसमा पनि विकास आयोजना सेवा केन्द्र ( डिप्रोक्स नेपाल)ले समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कोष कार्यक्रमका लागि समुदायमा आधारित लघु स्वास्थ्य स्वास्थ्य सुरक्षा कोष, कोषको मातहतमा सौभाग्य एक समन्वय समिति, चार वटा क्षेत्रगत दावी समिति र प्रत्येक दावी समितिबाट प्रतिनिधित्व गर्ने ७ जनाको दरले २८ जनाको दावी समिति मार्फत विमा कोषको कार्यक्रम सञ्चालन भईरहेको छ ।
स्थानीय तहका महिला सदस्यहरुको प्रतिनिधित्व गर्दै गठन गरिएको लालीगुरास दावी समिति अन्र्तगत जोगिमारा,धुषा,बेनिघाट र सलाङ गाविस रहेको छ । यसै गरी पिण्डेश्वरी दावी समिति अन्र्तगत गजुरी, पिडा र कुम्पुर रहेको छ भने अम्लेश्वर दावी समिति अन्र्तगत कल्लेरी, बैरेनी र भुमेस्थान गाविस छ भने सुजनशिल दावी समिति अन्र्तगत थांक्रे,नौविसे,जिवनपुर,केवलपुर र गोगनपानी गाविस रहेको छ ।
सन २०१० बाट धादिङ जिल्लामा शुरु भएको यस कार्यक्रममा अहिले सम्म समितिले समुहमा आवद्ध भएका महिलाहरुको समन्वयका लागि धादिङ र काठमाण्डौका गरी ४९ वटा अस्पतालमा उपचार गराएका विरामीलाई अस्पताल भर्ना भएका एक जना विरामीलाई प्रति घटना ३ हजारका दरले एक बर्षमा बढीमा प्रति परिवार ४० हजार रुपैया, इमेजिङ ,एक्सरेका लागि प्रति घटना ६ सयका दरले प्रति बर्ष प्रति परिवारलाई ४ हजार रुपैया रकम उपलव्ध गराउने गरेको समितिले जनाएको छ । यसै गरी ल्याव टेष्टका लागि प्रति घटना ५ सयका दरले एक बर्षमा प्रति परिवार ४ हजार र प्रति घटना यातायात खर्चका लागि ४ सय रुपैया विमाकोषबाट रकम दिने गरिएको अध्यक्ष शान्ति कार्कीले जानकारी दिनु भयो ।
तीन जनाको परिवार भएका सदस्यले प्रति सदस्य बर्षको ३ सय ६५ रुपैया र चार जनाको लागि बर्षको ४ सय ५ रुपैया सदस्य शुल्क तिर्नु पर्ने हुन्छ । ५ सय १४ जना सदस्यबाट शुरु भएको विमा कार्यक्रममा अहिले सम्म ६ हजार चार सय चौहत्तर जना सदस्य आवद्ध भएका छन । कार्यक्रम शुरु भएपछि सदस्यहरुले नव्वे लाख बीस हजार एक सय ६४ रुपैया सदस्यता शुल्क वापत संकलन गरेकोमा सात हजार तीन सय घटनामा ६० लाख १० हजार दुई सय असी रुपैया भुक्तानी भईसकेको समितिले जनाएको छ ।