इजरायलबाट फर्केर कुखुरा पालनमा रम्दै सन्तोष

1894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

a8ae5bc3-2356-45d9-ae58-60c30fc7df48शुक्रबार, २६ कात्तिक  -स्वदेशमा काम पाइएन भन्दै बर्षेनी युवाहरु विदेशीने गरे पनि धादिङ मैदीका सन्तोष बस्नेतले भने आफनै गाँउमा कुखुरा फर्म खोलेर राम्रो आए आर्जनको स्रोत बनाएका छन । सन् २०१२ तिर गाँउकै साना किसान कृषि सहकारी संस्थाबाट कृषि सम्बन्धी तालीम लिनलाई इजराइल पुगेका बस्नेत ११ महिनाको प्राविधीक कृषि तालिम पश्चात इजराइलबाट नेपाल फर्कीएका थिए ।

इजराइलको मरुभुमीमा देखेका चमत्कारी कृषि व्यवसायले बस्नेतलाइ नेपालमा गएर केही गर्नेुपर्छ भन्ने जोस र जाँगर पलाएको थियो । बस्नेतले इजराईलबाट फर्के लगतै आधुनिक कुखुराको खोर निर्माण गरी १००० जती अण्डा दिने लेर्यस कुखुरा पाल्न सुरु गरेका थिए । शुरुमा लगानी धेरै गर्नु परे पनि क्रमश कुखुराले अण्डा दिनलाई शुरु गरे पश्चात आम्दानीको स्रोत राम्रो हुँदै जाने बस्नेतले बताए । बजार भाउ राम्रो हुने हो र कुखुरालाई रोग नलाग्ने हो भने कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सकिने बस्नेतको आफनै अनुभव भएको बताए ।

तर गाँउमा कृषि व्यवसाय गर्दा अप्ठायारो भने बाटो घाटो को हुने रहेछ भनेर तितो यर्थात बताए । बाटो कच्ची हुनाले कुखुराको दाना ढुवानी खर्च पनि बढी लाग्ने र बर्खाको समयमा गाडी नचल्नाले उत्पादन भएका अण्डालाई बजारसम्म लानलाई निकै गाह्रो हुने भनाई उनको छ । वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दे आएका बस्नेतसँग कुखुरा पालन लगायत अरु पनि थुप्रै कृषि सम्बन्धी तालीमहरुको ज्ञान छ उनले निकट भविष्यमा नै गोलभेडा खेती गर्ने उनको योजना रहेको छ । गोलभेँडा खेती गर्नको लागि टनेल बनाउनु पर्ने भएकाले टनेल बनाउने काम सकिएको कुरा गरे ।

मैदी निवासी बस्नेत घरका एक्ला छोरा हुन दुई बैनीका जेठो दाइका रुपमा रहेका बस्नेत घरका जेठो बाठो भएर नै जिम्मेवारी पनि ठूलै लिएर अगाडि बढेको कुरा बताउँछन गाँउमा आफुले विदेशमा सिकेको कुरा अरुलार्इ पनि सिकाउदैँ आएका बस्नेतलाई युवा पुस्ताकै एक उदाहरणीय कृषकको रुपमा मैदीबासीले लिएका छन । श्रम गर्ने सके देशकै माटोमा रोजगारी मिल्ने उनको आफनै अनुभव रहेको छ । सरकाले किसानको पक्षमा चाहीने जति सहयोग नगरेको उनको गुनासो रहेको छ । सरकारी कर्मचारी जतिको तलब बृद्धी हुन्छ तर हामी किसानको लागि भने सरकाले अनुदान समेत दिनलाइ गाह्रो मान्छ ।

अनि हामी किसानको सम्मान कहिले हुने ? उनले प्रश्न गरे सरकारले अनुदान बढाएमा युवाहरुलाई कृषिमा आकर्षित गर्ने सकीने उनले बताए । आफ्नो जीवनकाल भरिनै कृषि पेशालाई निरन्तरता दिन्छु भन्ने बस्नेत विदेश जाने युवाहरुलाई खाडीमा मात्र होइन जोश र जाँगर भए गाँउकै माटोमा सुन फलाउन सकीने कुरा बताउँछन ।