विकास पत्रकारिता पुरस्कार पत्रकार मुरारी अधिकारीलाई
1487 पटक पढिएको
धादिङ –नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको १० हजार राशी रहेको विकास पत्रकारिता पुरस्कारबाट धादिङका पत्रकार मुरारी अधिकारी पुरस्कृत भएका छन ।
धादिङ जिल्लाको विकासमा पत्रकारिताको क्षेत्रबाट पु¥याएको योगदानको मुल्याङकन गर्दै आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले अधिकारीलाई २०७३ सालको विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा,धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्य, धादिङका स्थानीय विकास अधिकारी जिवलाल भुसालले सम्मानसँगै अधिकारीलाई नगद , प्रमाणपत्रका साथै खादा लगाईदिएर संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।
अधिकारी २०६३ सालमा मंगल प्रभात किरण साप्ताहिकको सम्पादक भएर पत्रकारितामा प्रवेश गर्नु भएको थियो । यो बिचमा अधिकारीले दिव्यदर्शन टेलिभिजनमा समाचार प्रमुख, धादिङ हटलाइन अनलाइनको सम्पादकको जिम्मेवारी वहन गरिसक्नु भएको छ । हाल गोरखापत्र दैनिकको धादिङ संवाददाता रहनु भएका अधिकारी नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीका स्थायी वासिन्दा हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र जिल्ला समन्वय समितिको संयुक्त रुपमा चारवर्ष अघि घोषणा गरेको विकास पत्रकारीता पुरस्कार यसभन्दा पहिले पत्रकार सीतारामप्रसाद बर्मा, शीव सिलवाल र केशव अधिकारीले प्राप्त गरिसकेका छन् ।