गल्छी गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि स्रोतकेन्द्र स्तरीय छलफल

1628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20668664_10211971636238132_2057431361_n

गल्छी, २४ साउन-गाउँपालिका भित्रका बिद्यालयहरुको वर्तमान अवस्था र शैक्षिक सुधारका बिषयहरुमा छलफल गर्न गल्छी गाउँपालिकाको आयोजनामा मंगलवार बैरेनी स्रोतकेन्द्र स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गल्छी गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा ८ वटै वडामा रहेका  ३९ वटा बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
20668481_10211971636118129_310796494_nछलफल कार्यक्रममा गल्छी गाउँपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र रेग्मीले गाउँपालिकाले लिएको निती अनुसार बिद्यालयलाई बाल तथा अपाङ्ग मैत्री कसरि बनाउने, शिक्षक समायोजन र दरवन्दी मिलानका बिषयमा जानकारी गराउनु भएको थियो । यसै गरी स्रोत व्यक्ति रामजीप्रसाद गौतमले स्रोत केन्द्रको नयाँ संरचना,आगामी कार्ययोजना, बिद्यालय र शिक्षकहरुको अवस्थाका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना लामिछानेका साथै वडा अध्यक्षहरुले आगामी दिनमा गाउँपालिकालाई शिक्षाको क्षेत्रमा नमुना वनाउने बिषयमा दिर्घकालिन योजनाका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
बैरेनी स्रोत केन्द्रमा यस अघि साविकको बैरेनी र किराञ्चोक गाविस भित्रका बिद्यालयहरु रहेकोमा अवको स्रोत केन्द्रमा नयाँ संरचना अनुसार गल्छी गाउँपालिका भित्रका बिद्यालयहरु समेटिएका छन ।