धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

4009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Baireni He poधादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ ।

मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका ति संस्थालाई भवन निर्माण गर्ने स्विकृती दिएको हो।धादिङमा यसरी स्तरउन्नती हुनका लागि स्विकृत पाउने स्वास्थ्य संस्थाहरुमा मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी रहेका छन । मन्त्रालयले यि चारवटै स्वास्थ्य संस्थामा वन्न लागेको भवनलाई प्राथमिक अस्पताल भनेको छ ।

मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित विभिन्न जिल्लामा डाक्टर आवास समेत निर्माण गर्न जिल्ला र संस्था छनोट गरेको छ ।