आदमघाट–चौतारा सडकको ट्रयाक जोडियो-गाँउवासी खुशीले गदगद

1007 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2074-8-16 adamghat-chautara sadak (1)धादिङ,- २५ वर्षको निरन्तर प्रयासपछि आदमघाट –चौतारा सडकको ट्रयाक जोडिएको छ । ट्रयाक जोडिएसंगै उपल्लो किराञ्चोक पेटारे, थुम्कीडाँडा, तीनघरे लगायतका गाँउवासी खुशीले गदगद भएकाछन् । कृषिवाली उत्पादनका हिसावलले महत्वपूर्ण मानिएको आम किराञ्चोकवासीमा पालुङ–बैकुण्ठ सडकमा आदमघाटको सडक जोडिएपछि थप उत्साहित भएकाछन् । पृथ्वी राजमार्गको आदमघाटदेखी दक्षिण महाभारतसम्म करिव ३५ किलोमिटर सडकको ट्रयाक शनिवार जोडिपछि उपल्लो किराञ्चोक (तामाङवस्ती) का वृद्धवृद्धा यूवावूती सवै खुशीले गदगदछन् । सडक निमार्णमा २०४९ सालदेखि २ करोड ५० लाख सहित २५ सय जनाले श्रमदान गरेकाछन् ।
हरेक आर्थिक वर्षमा ३ देखि १० लाखसम्म जिविस र केन्द्रीय सरकारको वजेटमा काम हुँदा कछुवाको गतिमा निमार्ण भईरहेको थियो । गत आर्थिक वर्षमा जिविसको २० लाख र चालु आर्थिक वर्षमा ११ लाख ५० हजार सहित ट्रयाक जोड्न आवश्यक वजेट गजुरी गाँउपालिकाबाट दिएपछि सडकको ट्रयाक उपभोक्ता समितिका अध्यक्ष दिनेश घलानले बताए । पूर्व स्थानीय विकास अधिकारी भगवान अर्यालले स्थलगत अवलोकन गरी सडक सर्भे गर्न प्राविधिक र एकै पटक २० लाख वजेट दिएपछि ट्रयाक जोड्न हौसला मिलेको उपभोक्ता समितिका पूर्व अध्यक्ष जीत बहादुर तामाङ बताए । सडकको ट्रयाक जोडिएसंगै तामाङ वस्तमिा खाद्यन्न ढुवानीमा सहजता आउने छ । उपल्लो किराञ्चोकमा असरामा उत्पादन भएको आलु, सास्टे बोडी, खसीवबोका, डोका र अम्रिसो बजारसम्म पु¥याउन सजिलो हुन्छ ।आदमघाट गएर घर फर्कन एकै दिन सकिन्छ तामाङले बताए ।
आदमघाट देखी किराञ्चोक वडा नम्वर ७ विमिरेसम्मको १० किलो मिटर सडक ९ मिटरको चौडा , २ दशमलव ७ किलो मिटर कालो पत्रे, ८ दशमलव ३ किलो मिटर ग्राइभेल, कल्भड, पक्की नाला निमार्ण भईरहेको सडक विभाग साइड अफिस गजुरीका इन्जिनियर मधुसुदन साँकीले बताए । निमार्ण कार्य आर्थिक वर्ष २०७४÷०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरि जय बावा कन्टक्सनले पौने १० करोडमा टेक्का पारेर काम गरिरहेको छ । भुम्कप पश्चात पूर्ननिर्माण कार्यक्रम अन्तरगत वडा नम्वर ७ विमिरे देखि वडा नम्वर ६ तल्लो पेटारेसम्म १५ किलो मिटर सडक ९ मिटर चौडा, कल्भड, पक्की नाला र ग्राइभेल गर्नका लागि डिटेल प्रोजेक्ट रिपोट तयार भई टेण्डर प्रक्रियामा रहेको छ । त्रिभुवन राजपथको शिखरकोट (मवानपुर) देखि वैकुण्ठसम्म गाडी चलिरहेकाले आदमघाटबाट गएको बाटो चौतारामा जोडिएको छ । महाभारत लेकमा वसोवास गर्ने र शहरमा वसोवास गर्ने मानिसलाई सडक सञ्जालले जोडेको छ ।
किराञ्चोक गाविसको नौ वडा मध्ये एक, दुई, तीन, छ, सात, आठ र नौ नम्वर वडाका खेती योग्य जमिन मध्ये ६० प्रतिशतमा बाह्रै महिना सिंचाई हुदै आएकाले अल सिजन तरकारी खेती गर्न, माछा पालन गर्न सकिने गाविस पूर्व अध्यक्ष एंव माछा खेती गर्दै आएका योवराज बरालले बताए । वेशी क्षेत्रमा चैत्र र असारमा धान रोप्न र पुषमा गहुँ खेती गर्न सकिने र गर्दै आएका पनि छन् । सडक विस्तार भएपछि बाह्रै महिना मोटर चल्ने र ८० किलो मिटर दुरीमा काठमाण्डौ पुगिने भएकाले कृषकहरुलाई कृषिलाई नयाँ प्रविधि र लगानी भित्र्याउन आवश्यक रहेको छ । मेहिनती किसानहरुलाई समयमै सडक सुविधा दिनु पर्दछ भनेर २०४९ सालमा नै मानीय सांसद राजेन्द्र प्रसाद पाण्डे सडकको शिलान्यास गरेको स्मरण गर्दै निरन्तर काम भएको २०५७ सालमा १२ किलो मिटरमा मोटर ल्याएपनि नियमित मोटर चल्ने बनाउन २०७० कुर्नु प¥यो वरालले भने । शुरुमा बाटो बनाउने भन्दा गाँउलेहरुले नपत्याएको र जग्गाधनीले समेत बाटो खन्न अवरोध गरेको स्मण गर्दै भने गाविसमा २०५१ सालमा पहिलो पटक ३ लाख बजेट आएपछि गाँउमै सडक खन्न थालेपछि गाँउलेले पत्याए । गाँउ परिषद बाटै स्वीकृत गरेर स्थानीयलाई ३ दिन सडकमा श्रमदान गर्न आव्हान ग¥यौ । गाँउले उर्लिए, श्रामदानमा सडक खने र सडक बन्ने विश्वास सवैमा पैदा भयो । आज त्यहिबाटो अर्को जिल्ला जोड्न आर्थिक महत्वको बाटो बनेको पूर्व गाविस अध्यक्ष वरालले प्रफुल्ल हुुदै बताए ।
धान खेतीमा प्रसिद्ध मानिने किराञ्चोक गाविस आदघाट–चौतारा सडक खण्ड अन्तरगत दरियाल खोलामा २०६३ सालमा मोटर पुल निमार्ण शुरु भएसंगै तरकारी खेती तर्फ उन्मुख भयो । अहिले कृषकहरु बर्खामा धान खेती गर्छन् भने हिँउदमा तरकारी खेतीलाई महत्वका साथ खेती गरिरहेकाछन् । केही किसानहरुले कुखुरा पालनलाई व्यवसाय बनाउन थालेकाछन् । जिल्लाको श्रोत बाँड फाँड र विकासको दृष्टिकोणमा उपेक्षित गाविसमा पर्ने किराञ्चोक गाविस गत वर्षबाट विकासको लहर चलेको स्थानीयहरुले बताए ।
पृथ्वीराजमार्ग र महाभारत लेकलाई सडक सञ्जालमा जोडी महाभारत लेकमा उत्पादन भएकाका कृषिवस्तुहरु बजारीकरणमा सहजता ल्याउने कार्यक्रम अनुसार सडकको ट्रयाक जोडेको गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।