भारतीय दुताबासले दियो नेत्रावती डपजङ गाउँपालिकालाई एम्बुलेन्स

1240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Urmila Tamang Gurungधादिङ, १५ माघ-धादिङको उत्तरी भेगको विकटमा पर्ने नेत्रावती डपजङ गाउपालिकाबाट एम्वुलेन्स सञ्चालनमा आउने भएको छ । गाउँका भुतपुर्व फोर जिआर भारतीय सैनिकहरुको पहलमा भारतीय दुताबासले नेत्रावती डपजङ गाउँपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएपछि सेमजोङबाट एम्बुलेन्स सेवा संचालनमा आउने भएको हो ।
एम्बुलेन्स सेवा संचालनमा आएपछि नेत्रावती गाउँपालिकाको साविकको सेमजोङ, कटुञ्जे लगायत गाविसका बासिन्दाहरु बढि मात्रामा लाभान्वित हुनेभएका छन् । गाउँमा रहेको स्वास्थ्य चौकीमा सवैखाले उपचार सेवाहरु नहुँदा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजानुपर्ने विरामीहरु समस्यामा पर्दै आईरहेका थिए । जिल्लाको बिकटमा रहेको गाउँपालिका भएका कारण कुनै पनि घटना दुर्घटनामा परि घाईते भएका तथा विरामी भएकाहरुले भोग्नु परेको समस्या समाधान गर्न एम्बुलेन्सले सहयोग पु¥याउने नेत्रावतीडपजङ गाउँपालिकाका अध्यक्ष दुर्गानारायण शाक्यले वताउन भयो । दुताबासले दिएको एम्बुलेन्स गाउँपालिका मार्फत सञ्चालनमा ल्याइने पनि अध्यक्ष शाक्यले वताउनु भयो ।
अब यहाँका विरामी तथा घाईतेहरुलाई जिल्ला सदरमुकाम धादिङबेशीका साथै छिमेकी जिल्ला नुवाकोट, काठमाण्डौ तथा चितवन सम्म उपचार गर्न लैजानसहज हुने भएको छ । यस अघि गाउँमा कोही अर्पझट विरामी पर्दा केही व्यक्तिले राजधानी देखि हेलिकप्टर चार्टर गरेर उपचार गर्न लैजाने गरेका थिए । निम्न आर्थिक अबस्था भएकाहरुको लागि भने सदरमुकाम तथा अन्य स्थानबाट एम्बुलेन्स मगाउँदा समयमै एम्बुलेन्स नपुग्दा विरामीको ज्यान समेत जाने गरेको नेत्रावती डपजङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णवहादुर पौडेलले वताउनु भयो ।

26993853_2078558232161156_6648516158980005336_nभारतीय दुताबासले देशभरी बितरण गरेको  ३० वटा एम्बुलेन्स मध्ये धादिङको नेत्रावती डपजङ गाउँपालिकाले एउटा एम्बुलेन्स प्राप्त गरेको हो । यसै गरी दुताबासले जिल्लाकै गजुरीमा रहेको आदर्श माविलाई बस हस्तान्तरण गरेको छ । भारतीय दुताबासले यस अघिल्ला बर्षहरुमा मैदी स्वास्थ्य चौकी जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । भारतीय दुताबासले बर्षेनी जिल्लाका विभिन्न स्वास्थ्य संस्था र बिद्यालयहरुमा एम्बुलेन्स तथा बस दिंदै आईरहेको छ ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।