logo

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

4568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन ।
जिल्ला समन्वय समितिको वेभसाईट अपडेट नहुंदा जिल्लाको महत्वपूर्ण सूचना तथा जानकारी लिन समस्या हुँदै गएको छ । कार्यालयमा सूचना प्रविधि सम्वन्धी काम गर्ने कर्मचारीको अभाव भएका कारण वेभसाईट अपडेट हुन नसकेको हो ।
जिल्ला समन्वय समितिमात्रै होइन अधिकार र वजेट सहितको स्थानीय तहले पनि जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइट लामो समयदेखि अपडेट हुन सकेका  छैनन् । जिल्लाको १३ वटै स्थानीय तहको वेभ साईट वनाईएको भएपनि अधिकांशले त्यस्को  नियमित अपडेट गरेका छैनन् ।
सरकारले सरकारी कार्यालय तथा स्थानीय तहलाई वेबसाइट निर्माण गरेर आफ्नो कार्यालयका सूचना तथा अन्य गतिविधि वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताएको छ । तर जिल्लामा त्यसको कार्यान्वय भने हुन सकेको छैन । प्रत्येक स्थानीय तहमा एक जना सूचना प्रविधि अधिकृत (आईटी अफिसर) समेत व्यवस्था गरीएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको असार २९ गते सबै स्थानीय तहलाई पत्राचार गरी वेबसाइट निर्माण गर्ने निर्देशन दिएको थियो । स्थानीय तहमा वेबसाइट सञ्चालन गरी स्थानीय तहले गरेका गतिविधि सार्वजनिक गर्ने निर्देशन दिएको थियो । जसले गर्दा स्थानीय तहले गरेका कार्य सहज रूपमा जनताले प्राप्त गर्ने सक्ने लक्ष्य सरकारले लिएको छ ।
यसरी वेबसाइट अपडेट नहुदा नागरिक सहज रूपमा सूचना पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् । वेबसाइट राखेपछि नागरिकहरू घरमै बसेर सहज रूपमा सूचना प्राप्त गर्ने सक्नेछन् । तर त्यसो हुन सकेको छैन ।कार्यालयको नाममा वनाईएका सामाजिक सञ्जालहरुको लिंक पनि कार्यालय पिच्छे फरक फरक रहेको छ भने कार्यालयबाट प्रवाह भएका सेवा सुविधा निर्णयहरुको बिबरण पनि सबै स्थानीय तहले वेभसाईटमा समेट्न सकेका छैनन् । त्यति मात्रै होइन स्थानीय तहका जनप्रतिनिधि,कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुको बिबरण पनि सबैले एकरुपताका साथ वेभसाइटमा राखेका छैनन् ।
स्थानीय तहका वेबसाइट पनि नियमित अपडेट नहुने गरेको पाइएको छ । कतिपय स्थानीयतहले वेबसाइट निर्माण गरे पनि त्यसको प्रभावकारी प्रयोग गरेका छैनन् ।वेभ साईट भएका र सूचना प्रविधि अधिकृतको दरवन्दी कायम रहेका स्थानीय तहले कार्यालयको वेभसाईटलाई अपडेटको प्रयास गरेपनि उपयोगी जानकारी, आवश्यक सूचनाहरु प्रवाह गर्न सकिरहेका छैनन ।

अधिकांश स्थानीय तहले सूचना अधिकारी समेत तोक्न सकेका छैनन् । सूचना अधिकारी, कर्मचारी कसैको पनि नामावली छैन ।

स्थानीय तहहरुलाई सूचना प्रविधियुक्त बनाई सेवा प्रवाह संग आवद्ध गर्ने गरी देशैभरीका प्रत्येक स्थानीय तहमा एक एक जना सूचना प्रविधि अधिकृत राखिने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत रहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले गत कात्तिक १७ गते देशैभरीका स्थानीय तहहरुलाई पत्राचार गरि हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत छनौट गर्न निर्देशन दिएको हो ।लोक सेवा आयोगले लिने कम्प्युटर अधिकृतकालागि योग्यता पुगेको व्यक्तिलाई स्थानीय तहले परीक्षा लिएर करार सेवामा रहनेगरी छनौट गर्नपाउने मन्त्रालयले दिएको निर्देशन अनुसार धादिङका स्थानीय तहले पनि आफ्नो कार्यालयमा सूचना प्रविधि अफिसर नियुक्त गरेपनि सबै स्थानीय तहको सूचना प्रविधि सम्वन्धी काम गर्ने शैलीमा भने एकरुपता आउन सकिरहेको छैन ।

सरकारले सबै स्थानीय तहको नक्सासहित बिस्तृत बिबरण खुल्ने वेभसाईट सार्वजनिक गरेको छ ।धादिङको १३ वटै स्थानीय तहको वेभसाईट तयार भईसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्थानीय तहको वेभसाईट हेर्नका लागि

धुनिवेशी नगरपालिका dhunibeshimun.gov.np

नीलकण्ठ नगरपालिका neelakanthamun.gov.np

खनियाबास गाउँपालिका khaniyabasmun.gov.np

गजुरी गाउँपालिका gajurimun.gov.np

गल्छी गाउँपालिका galchhimun.gov.np

गङ्गाजमुना गाउँपालिका gangajamunamun.gov.np

ज्वालामूखी गाउँपालिका jwalamukhimun.gov.np

थाक्रे गाउँपालिका   thakremun.gov.np

नेत्रावति गाउँपालिका netrawatimun.gov.np

बेनीघाट रोराङ्ग गाउँपालिका benighatrorangmun.gov.np

रुवी भ्याली गाउँपालिका  rubivalleymun.gov.np

सिद्धलेक गाउँपालिका siddhalekmun.gov.np

त्रिपुरासुन्दरी गाउँपालिका tripurasundarimundhading.gov.np

मा गएर हेर्न सकिन्छ ।सबै वेभसाईट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत रहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले मार्फत तयार् पारिएको भएपनि स्थानीय तहले एक रुपताका साथ चलाउन नसक्दा यस्को स्वरुपमा भने भिन्नता देखिएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic