आदर्श मावि गजुरीको निर्माणाधिन भवनको स्थलगत अवलोकन

1080 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङ जिल्लामा सञ्चालनगर्दैै आइरहेको भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत बुधवार गजुरी गाउँपालिका वडा नम्वर १ मा रहेको आदर्श माध्यमिक विद्यालयको निर्माणाधिन अवस्थामा रहेको विद्यालय भवनको स्थलगत रुपमा अवलोकन तथा छलफल गरेको छ । सो अवलोकन तथा छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का जिल्ला प्रमुख इश्वरी प्रसाद ज्ञवाली, सोही कार्यालयका इन्जिनियर सुरज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगासागर नेपाल, विद्यालयका प्रधानाध्यापक राघब प्रसाद लालकर्ण, भवन निर्माणको जिम्मा लिनुभएका इरोज निर्माण सेवा गजुरीका गोपि श्रेष्ठ, विद्यालयका निर्माण समितिका अध्यक्ष मोतीबहादुर पाठक, स्थानीय अभिभावक इन्द्रबहादुर तामाङ, साझेदार संस्था मानवीय विकास तथा स्रोत व्यवस्थापन नेपाल (हर्डम्यान) धादिङका राजाराम शर्मा तथा आईपिइआरआर कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाको सहभागिता रहेको थियो ।

अवलोकनका क्रममा निर्माणाधिन अवस्थामा रहेको ८ कोठे पक्कि भवनको पहिलो ढलान सम्पन्न भई दोस्रो ढलानको लागि तयारी स्वरुप धमाधम काम भइरहेको थियो । सो क्रममा बाहिरबाट हेर्दा भवनको निर्माणको काम राम्रो गतिमा अगाडि बढिरहेको र निर्माणको क्रममा प्रयोग भएका सामाग्रीहरु पनि गुणस्तरको प्रयोग भएको पाइएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का ईन्जियनर सुरज पौडेलले बताउनुभयो । यसैगरी जिल्लामा निर्माण भइरहेका विद्यालयहरुमध्ये आदर्श माध्यमिक विद्यालयको निर्माणको कामबाट आफु सन्तुष्ट रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख इश्वरी ज्ञवालीले बताउनुभयो ।

विद्यालयको अवलोकन पश्चात निर्माणाधिन भवनका विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुनर्निर्माणमा सदाचार कार्यक्रम (आईपिइआरआर) अन्तर्गत जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले कार्यक्रमको विषयमा जानकारी गराउँदै निर्माणाधिन विद्यालयको अवस्थाको विषयमा सबैपक्षसँग जिज्ञासा राख्नुभएको थियो । सो क्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख इश्वरी ज्ञवालीले विद्यालयको निर्माणको काम योजना अनुसार नै अगाडि बढेको बताउँदै डिजाईन अनुसार काम भइरहेकोमा सन्तुष्टि जनाउनुभयो । यसैगरी भवन निर्माणको जिम्मा लिनुभएका गोपि श्रेष्ठले सबै क्षेत्रबाट निर्माणमा सहयोग रहेकाले समयमै निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाले केही समय अगाडि पानीको समस्या रहेको भएपनि अहिले पनि समस्या समाधान भइसकेको बताउनुभयो । साथै उहाले इटा, बालुवाल्याब टेण्ट गरि प्रयोग भएको बताउँदै आफुले नै अध्ययन गरेको विद्यालय भएकाले कसरी राम्रो बनाउने भन्नेमा आफु लागेको बताउनुभयो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगासागर नेपालले पनि भवन योजना अनुसार नै बनिरहेको बताउँदै स्टमेटमा नभएको कुरा वायरिङको महशुस गरी त्यो थपेको बताउनुभयो । उहाले समयमै विद्यालय भवन निर्माण गरिसक्ने योजना रहेको पनि सुनाउनुभयो ।