‘बैंकिङ हब’ बन्दै गल्छी बजार

1299 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चिन संग काठमाण्डौं र भारतलाई जोड्ने छोटो मार्गको मुख्य नाकाको रुपमा विकास हुंदै गएको धादिङको गल्छी वजार पछिल्लो समय ‘बैंकिङ हब’ बन्दै गएको छ । हरेक क्षेत्रमा प्रशस्त सम्भावना बोकेको यस क्षेत्रमा बैैंकहरू खुल्ने क्रम पछिल्लो एक वर्षमा ह्वात्तै बढेको हो । जिल्ला सदरमुकाम धादिङबेसी पछि धेरै बैक तथा वित्तिय संस्थाको आकर्षण गल्छीमा बढ्दै गएको छ । गल्छी,त्रिशूली बेत्रावती, मैलुङ, स्याफ्रुबेसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको नाका केरुङ) र दक्षिण (भारतको नाका ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक गल्छी हुंदै जानेछ । शहरी विकास कार्यक्रम अन्र्तगत नमूना शहरको परिकल्पनाका साथ पुर्वाधरा विकासको काम भईरहेको गल्छी र आसपासका क्षेत्रहरु कल्लेरीटार, डल्टार,मास्टार लगायतका फाँट, बाहै्र महिना बहने त्रिशूली नदी र सदावहार सर्वसाधारणको चाप रहने क्षेत्र भएका कारण गल्छीमा बैंकहरू खुल्ने क्रममा समेत वृद्धि हुँदै गएको हो।
एक बर्षको अवधिमा गल्छी वजारमा करिब एक दर्जन बैंक सञ्चालनमा आएका छन् । हरेक दृष्टिकोणबाट सम्भावनाको क्षेत्र भएकाले सबैको नजर गल्छीमै पर्ने गरेको छ । ग्लोवल आईएमई बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बगलादेश बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौं, एनआईसी एसिया, कामना सेवा विकास बैंक, ज्योती विकास बैंकले आफ्नो उपस्थिति जनाईसकेका छन् । केही बैंकले शाखा विस्तारका लागि घरको खोजी गरिरहेका छन् ।
‘व्यापारिक हिसाबले गल्छीबजार क्षेत्र बिस्तारै अघि बढ्दै रहेछ’, ज्योती विकास बैंकका शाखा प्रवन्धक प्रेम अधिकारी बताउनुहुन्छ । यो ठाउँ कृषि, जलविद्युत्त, पर्यटन र व्यापारिक हिसाबले प्रशस्त सम्भावना भएको ठाउँ हो, उहाँले भन्नु भयोे, ‘जति बैंकहरू खुल्छन्, ग्राहकलाई उति नै फाइदा हुन्छ ।’ बैंकिङ साक्षरता लिनका लागि पनि धेरै बैंक खुल्नु राम्रो रहेको उहाँको भनाई छ ।
‘कुनै बेला बैकिङ सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो’, गल्छी गाउँपालिका वडा नम्बर ८ का शिव रिमालले बताउनुभयो, ‘आजभोलि घर आँगनमै बैंक खुलिरहेका छन्।’ समयानुकुल बजार क्षेत्रमा बैंकहरू खुल्नेक्रम बढेकाले ग्राहकलाई सहज भएको उहाँले बताउनु भयो । यहाँ खोलिएका बैंकहरूले रेमिट्यान्स, मोबाइल बैंक, कर्जालगायत सेवा घरदैलोमै पु¥याईरहेका छन् ।