धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

5452 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ ।

खनियाबास गाउँपालिकाले १४ करोड ८४ लाख, गंगाजमुना २५ करोड १४ लाख, गजुरी २७ करोड ५० लाख, गल्छी २४ करोड ६७ लाख, ज्वालामुखी २६ करोड ३३ लाख,त्रिपुरासुन्दरी २८ करोड ८२ लाख वजेट पाएका छन । त्यसै गरी जिल्लाकै थांक्रे गाउँपालिकाले ३० करोड २५ लाख,नेत्रावती १५ करोड ९१ लाख,वेनिघाट ३३ करोड ५१ लाख, रुवीभ्याली ११ करोड ६९ लाख र सिद्धलेक गाउँपालिकाले २६ करोड ६३ लाख
रकम पाएका छन ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष   वित्तीय समानीकरण अनुदान तर्फ नीलकण्ठ नगरपालिकाले २५ करोड ४ लाख र धुनिबेसी नगरपालिकाले १६ करोड १५ लाख पाएका छन् भने गाउँपालिका तर्फ खनियाबासले ८ करोड ५६ लाख, गंगाजमुनाले १२ करोड ५६ लाख,गजुरीले १५ करोड ५५ लाख, गल्छीले १४ करोड ४१ लाख, ज्वालामुखीले १३ करोड ६१ लाख, त्रिपुरासुन्दरीले १३ करोड ५२ लाख,थांक्रेले १६ करोड ६३ लाख,नेत्रावतीले ८ करोड ७७ लाख, वेनिघाट रोराङले १६ करोड ७३ लाख,रुवीभ्यालीले ६ करोड ६१ लाख र सिद्धलेकले १३ करोड २७ लाख पाएका छन्  ।

शशर्त अनुदान तर्फ धादिङको नीलकण्ठ नगरपालिकाले १२ करोड ५९ लाख र धुनिवेसी नगरपालिकाले २८ करोड ३४ लाख पाएका छन भने गाउँपालिका तर्फ खनियाबास ६ करोड २८ लाख, गंगाजमुना १२ करोड ४९ लाख,गजुरी ११ करोड ९५ लाख, गल्छी १० करोड २६ लाख, ज्वालामुखी १२ करोड ६८ लाख, त्रिपुरासुन्दरी १५ करोड ३० लाख,थांक्रे १३ करोड ६२ लाख,नेत्रावती ७ करोड १४ लाख, वेनिघाट रोराङ १६ करोड ७८ लाख,रुवीभ्याली ५ करोड ८ लाख र सिद्धलेक १३ करोड ३६ लाख पाएका छन् ।

सरकारले रातो किताबमा स्थानीय तहले पाउने बजेट पनि उल्लेख गरेको छ ।